• सोमबार १२-३०-२०८२/Monday 04-13-2026
राजनीति

अब संसद्‌मा देखिने छैनन राजनीतिका यी चर्चित अनुहार

काठमाडौ । नेपालमा बहुदलीय प्रजातन्त्र पुनर्स्थापना भएपछि अधिकांश निर्वाचनमा सांसद बनेका नेताहरू यो पटक प्रतिनिधिसभामा नदेखिने भएका छन्। नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्ड मात्र संसद्‌मा पुग्ने पूर्वप्रधानमन्त्री हुन। उनी बाहेक अधिकांश पूर्वप्रधानमन्त्री पराजित भइसकेका छन् । 

 

विसं २०७० साल मा झापा ५ बाट निर्वाचित हुँदै आएका नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली यसपटक रास्वपा बरिष्ठ नेता बालेन शाहसँग पराजित भएका छन्।झापा–५ मा बालेनले ६८ हजार ३४८ मत प्राप्त गर्दा ओलीले १८ हजार ७३४ मत ल्याएका छन । ओलीलाई साहले ४९ हजार ६१४ मतान्तरले पराजित भएका हुन । 

 

पाँच पटक प्रधानमन्त्री बनिसकेका नेपाली कांग्रेसका तत्कालीन सभापति शेरबहादुर देउवा पनि यसपटक पटक संसद्‌मा देखिने छैनन्। विसं २०४८ साल देखि डडेलधुरा र कञ्चनपुरबाट निरन्तर चुनाव जितिरहेका देउवा भदौ २४ को हिंसात्मक आन्दोलनका क्रममा आफ्नै घरमा आक्रमणमा परे। देउवालाई पार्टी महाधिवेशन प्रतिनिधिहरूले विशेष महाधिवेशन मार्फत् पदबाट पनि हटाइदिए। देउवा जेन जी आन्दोलनपछि पार्टी नेतृत्वबाट पनि हट्नु परेपछि यो निर्वाचनमा उम्मेदवार समेत बनेनन्।

 

रौतहट १ बाट धेरैपटक चुनाव जितेका पूर्व प्रधानमन्त्री माधवकुमार नेपाल २०६४ सालको पहिलो संविधानसभा निर्वाचनमा  पराजित भएका थिए। एमालेको नेतृत्व गरिरहेका नेपाल काठमाण्डू २ र रौतहट १ दुवै ठाउँबाट पराजित भएका थिए। 

 

पूर्वप्रधानमन्त्रीहरू बाबुराम भट्टराई, झलनाथ खनाल र लोकेन्द्रबहादुर चन्द पनि यो पटक संसद्मा हुने छैनन्। अघिल्लो निर्वाचनमा गृहजिल्ला इलाममा पराजित भएका खनाल यो पटक उम्मेदवार नै बनेनन्। 

 

बाबुराम भट्टराई यो पटक गोरखा २ बाट उम्मेदवार बनेका थिए। चार पटक प्रधानमन्त्री बनेका राष्ट्रिय प्रजातन्त्र पार्टीका नेता लोकेन्द्रबहादुर चन्द पछिल्ला चुनावहरूमा उम्मेदवार छैनन्। उनी पछिल्लो पटक २०६४ सालको संविधानसभासम्म सभासद् थिए। 

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार