• सोमबार १२-३०-२०८२/Monday 04-13-2026
देश/प्रदेश

अछाम क्षेत्र नम्बर १ मा कांग्रेसका स्वाँर विजयी

अछाम । अछाम निर्वाचन क्षेत्र नम्बर १ मा कांग्रेसका उम्मेदवार भरतकुमार स्वाँर विजयी भएका छन। उनले नेपाल कम्युनिस्ट पार्टीका उम्मेदवार भीमबहादुर रावललाई ५२८ मतान्तरले पराजित गरे ।

 

निर्वाचन कार्यालयले सार्वजनिक गरेको अन्तिम मत परिणामअनुसार भरतकुमार स्वाँरले १० हजार ७५८ मत प्राप्त गर्दा उनका निकटतम प्रतिद्वन्द्वी भीमबहादुर रावलले १० हजार २३० मत प्राप्त गरेका थिए ।

 

त्यस्तै, नेकपा ९एमाले० का उम्मेदवार दीपकबहादुर साउदले ७ हजार ३८६ मत प्राप्त गरे भने राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा० का उम्मेदवार ओमप्रकाश रावलले १ हजार ७३७ मत प्राप्त गरे ।  

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार