• सोमबार १२-३०-२०८२/Monday 04-13-2026
देश/प्रदेश

रन्जु न्यौपाने (दर्शना) विजयी

काठमाडौं। प्रतिनिधिसभा सदस्य निर्वाचन काठमाडौँ निर्वाचन क्षेत्र नं १ मा राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा० की उम्मेदवार रन्जु न्यौपाने (दर्शना) विजयी भएकी छन्। उनले कुल १५,४५५ मत प्राप्त गरिन् ।

 

निकट प्रतिस्पर्धी नेपाली कांग्रेसका प्रवल थापा क्षेत्रीले ६,३६४ मत, राष्ट्रिय प्रजातन्त्र पार्टीका रवीन्द्र मिश्रले ३,९६२ मत, नेकपा एमालेका मोहनराज रेग्मीले १,६१८ मत र नेपाली कम्युनिस्ट पार्टीकी मेनुका भण्डारीले २०१ मत प्राप्त गरेका छन्।

 

यसअघि २०७४ मा उहाँ २१ वर्षको उमेरमै काठमाडौँ महानगरपालिकाको प्रमुखको प्रत्यासी थिइन । उनी विवेकशील साझा पार्टीकी पूर्वमहासचिवसमेत हुन । उनले राजनीतिशास्त्र  र परामर्श मनोविज्ञानमा स्नातकोत्तर गर्नुभएको छ । 
    

महिला हिंसाविरुद्ध स्पष्ट र सशक्त आवाज उठाउँदै आएकी न्यौपानेले थेम्स कलेजमा अध्यापक र निकोलसन इन्टरनेसनल कलेजमा अतिथि प्राध्यापकको भूमिकासहित सामाजिक शिक्षा विषय विशेषज्ञका रुपमा अनुभव बटुलेकी छिन् । सूचनाको हक, अभिव्यक्ति स्वतन्त्रता र नागरिक अधिकारको पक्षधर उहाँ सामाजिक अभिन्ताका रुपमा परिचित छिन् ।

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार