• सोमबार १२-३०-२०८२/Monday 04-13-2026
अर्थ

पेट्रोल पम्पहरूमा इन्धन भर्नेको भीड

काठमाडौं । प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि सर्वसाधारणहरु गाउँ फर्कने क्रम बढेसँगै र मध्यपूर्वमा इरान–इजरायल युद्धको सम्भावनाले पेट्रोलियम पदार्थको अभाव हुनसक्ने त्रासका कारण काठमाडौंका पेट्रोल पम्पहरूमा भीड देखिन थालेका छन् । 

 

आइतवार, सोमवार र मंगलवार पम्पहरुमा इन्धन भर्नेहरुको भीड देखिएको थियो। इन्धन भर्न केही समय सवारीहरु लाइनमा बस्नुपरेको थियो। केही म्यादी प्रहरीहरुले लाइनको व्यवस्थापन गर्नु गरेका थिए ।

 

पछिल्लो समय बढ्दो मध्यपूर्वको तनावले उपभोक्तामा त्रास बढेको छ। समयमै नेपालमा इन्धन नआउँदा अभाव झेल्नुपर्ने हो कि भन्ने चिन्ता इन्धन भर्न लाइनमा बसेकाहरुमा रहेको छ ।

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार