• सोमबार ११-२५-२०८२/Monday 03-09-2026
मनोरञ्जन

रंगहरुमा सुर्यको किरणको प्रभाव

काठमाडौं । सबै रंगहरु सुर्यको किरणको प्रभावले बन्छन् । सुर्यको किरणमा सबै रंगहरुको सम्मिश्रण हुन्छ । सुर्यको अधिनमा विभिन्न प्रकारका जीव तथा बनस्पतिहरु आआफ्नो पर्यवरण स्थानमा विकसित हुन्छन । यसै प्रकार हरियो ,रातो र निलो रंग मानिसलाई स्वस्थ,सफल र गौरवशाली बनाउने छ । हिन्दु देवीदेवताहरुमा रंग को छनोटमा कुनै रंगको निश्चित मनोबैज्ञानिक सांकेतिक अर्थ छ ।

 

बिभिन्न रंगहरुले हाम्रो दैनिक जीवनमा उपयोगिता संगसंगै सुन्दरता, कल्याणको प्रतिक र स्फुर्ती दिन्छन् ।रंगहरुले मन र स्वास्‍थ्यमा पनि प्रभाव पारेको हुन्छ । रंगहरुको आकर्षण बातावरणले गर्दा मन प्रसन्न रहन्छ दुखहरु टाडा हुन्छन् । धार्मिक ग्रन्थ आनुसार रोलिकुमकुमबाट रातो रंग । बेसारबाट पहेंलो रंग, पातहरुबाट हरियो पिठोबाट सेतो रंग बनाएर प्रयोग गरिन्थ्यो । 

 

रातो रंग 
रातो रंगले मानिसको स्वास्थ्य र मनलाई खुशी गर्ने बनाउने संकेत गर्छ । यसले शरिरको स्वास्थ्यमा स्फुर्ती र मनमा खुशी ल्याउँछ । यसले पुरुषत्व र आत्मगौरव प्रकट गर्छ । रातो टिका सौर्य तथा विजयको प्रतिक हो । प्रायः सबै देवी देवताहरुको प्रतिमामा रातो रोलिको टिका लगाइन्छ । हिन्दु धर्मले तिनै देवी देवताहरुलाई सम्झाइयो जो भाग्यशाली ,धन, शक्ति आदि प्रकट गर्छन् ।  देवी देवताहरुलाई शक्तिसूचक रातो रंग दिइयो जसले आफ्नो बहुबल ,अस्त्रशस्त्र तथा शारीरिक शक्तिले दुष्ट राक्षस वा गलत प्रवित्तिलाई पराजित गरे । विवाह, जन्म, विभिन्न उत्सवमा आनन्दको भावना रातो रंगले प्रकट गर्छ । नारीको सिउँदोमा पनि रातो सिन्दुरले उसको सौन्दर्य बढाउँछ र अटल सौभाग्य तथा पति प्रेम पनि प्रकट गर्छ । हिन्दु धर्मात्माले पनि सिंह वाहिनी भगवती दुर्गालाई रातो रंगको कपडाले सजाएको थिए । उनको पुजामा आध्यात्मिक, दैवीक तथा भौतिक यी तिन चिजलाई टाढा राख्ने बिधि छ । धन कि देवी लक्ष्मीलाई  मंगलकारी रातो बस्त्र लगाईदिइन्छ । रातो रंगले धन , विपुल सम्पती, समृद्धि र शुभलाभको प्रकट गर्छ ।

 

हरियो रंग 
हरियो रंग सबै प्रकृतिमा ब्याप्त छ । यो रुखबिरुवा,तथा प्रकृतिलाई सुन्दर बनाउने मधुर रंग हो । यस रंगले मनको शान्ती र हृदयमा शितलता प्रदान गर्छ ।  मानिसको सुख, शान्ति र स्फुर्ती दिने रंग हो । रातो र हरियो रंगले उद्योगशील स्पष्ट हुन्छ । ऋषि मुनिहरुले आफ्नो आध्यात्मिक उन्नति ,पर्वत शिखर, घासे मैदानमा सुख र शान्ति तपस्या गरेका थिए । संसार कै महान् ग्रन्थ,मौलिक विचार ,प्राचिन शास्त्र, बेद पुराण आदि महान ग्रन्थ शान्त वातावरणमा लेखिएको थियो ।

 

पहेंलो रंग 
यसलाई ज्ञानविद्या, सुखशान्ति ,अध्ययन, विद्वता, योग्यता, एकाग्रता र मानसिक तथा बौद्धिक उन्नतिको प्रतिक मानिन्छ। यो रंगले मष्तिकलाई प्रफुल्लित र उत्तेजित बनाउँछ । भगवान बिष्णुको कपडा पनि पहेंलो छ । पहेंलो बस्त्र उनको आसिम ज्ञानको प्रतिक हो । भगवान श्रीकृष्ण पनि पिताम्बरले सझिएका छन् । भगवान गणेशको धोती पहेंलो र सल निलो वा हरियो हुन्छ । गणेशको पुजा अर्चना कुनै पनि शुभ कार्यको लागि आवश्यक छ  । सबै मंगल कार्यमा पहेंलो धोतीवाला गणेशको यज्ञमा आशन हुन्छ । 

 

निलो रंग 
सृष्टिकर्ता बिश्वमा निलो रंग सर्वाधिक राखेका छन् । हाम्रो शिरमाथि अन्त नीलवर्णको आकाश रहेको छ । तल सृष्टिमा समुन्द्र र तालमा पनि निलो रंगको प्रयोग भएको छ । मनोविज्ञानको आनुसार निलो रंग बल, पुरुषत्व र बिर भावनाको प्रतिक हो । मर्यादा पुरुषोत्तम श्री रामचंद्र तथा पुरुषोत्तम योगेश्वर र श्रीकृष्ण भगवान दुवै सम्पूर्ण मानवको रक्षा तथा दानको विरुद्ध युद्ध गर्ने आजीवन सक्रिय भए । त्यतिबेला यी देवताहरुको वर्ण निलो थियो ।  

 

सेतो रंग  
सेतो रंग सात रंगहरुको मिश्रण हो । सेतो रंग पवित्रता, शुद्धता, विद्या र शान्ती को प्रतिक हो । यसबाट मानसिक, बौद्धिक र नैतिक स्वच्‍छता प्रकट हुन्छ । बिद्या ज्ञानको रंग सेतो हो। सेतो रंगले चन्द्रमा जस्तै शीतलता प्रदान गर्छ । मोती पनि सेतो हुन्छ र यसलाई लगाउनाले  मनमा शान्ती आउँछ । 

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार