सन नेपाल लाइफको ४ दिने अन्तर्राष्ट्रिय सेल्स तालिम सुरु
काठमाडौँ ।सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले अगैया स्थित अगैया स्प्रिङ रिभर साइड रिसोर्ट मा चार दिने सन नेपाल इन्टरनेशनल सेल्स ट्रेनिङ तालिम १९ गतेदेखि सुरु गरेको छ। अभिकर्ताहरूको दक्षता, आत्मविश्वास तथा व्यावसायिक क्षमतामा अभिवृद्धि गर्ने उद्देश्यले तालिम आयोजना गरिएको कम्पनीले जनाएको छ।
तालिमको उद्घाटन कार्यक्रमका प्रमुख अतिथि वरिष्ठ नायब कार्यकारी अधिकृत कवि फुयालले बीमा क्षेत्रलाई विश्वासिलो, व्यावसायिक तथा प्रविधिमैत्री बनाउन अभिकर्ताको भूमिका महत्वपूर्ण रहेको उल्लेख गर्दै यस्ता तालिमहरूले संस्थागत क्षमता सुदृढ गर्न मद्दत पुर्याउने बताए ।
कार्यक्रममा प्रमुख बजार अधिकृत गणेश चौलागाई, तालिम विभाग प्रमुख भुवन सिंह मुरी मगर तथा राप्ती–भेरी रिजन प्रमुख दिपेन्द्र रावत अतिथिका रूपमा उपस्थित रहेका थिए। तालिममा अभिकर्ताहरूलाई निरन्तर सिकाइ, ग्राहकमैत्री सेवा प्रवाह तथा आधुनिक बीमा अभ्याससम्बन्धी विषयमा प्रशिक्षण प्रदान गरिएको छ।
चार दिनसम्म (१९ गतेदेखि २२ गतेसम्म) सञ्चालन हुने तालिममा अभिकर्तालाई आत्मविश्वासी र दक्ष बनाउने, बिक्री तथा सेवा क्षमतामा वृद्धि गर्ने, पेशालाई प्रोफेसनल, आधुनिक र प्रविधिमैत्री बनाउने तथा बीमासम्बन्धी विस्तृत ज्ञान प्रदान गर्ने विषयहरू समेटिएका छन्। मुख्य प्रशिक्षकका रूपमा गणेश चौलागाई, भुवन सिंह मुरी मगर तथा दिपेन्द्र रावतले प्रशिक्षण प्रदान गर्नेछन्।
यस तालिमले स्थानीय अभिकर्ताहरूलाई अझ प्रभावकारी, जिम्मेवार र परिणाममुखी बनाउन प्रेरित गर्ने आयोजकले विश्वास व्यक्त गरेको छ। हाल सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभर १४८ वटा शाखा तथा उपशाखा सञ्चालनमा रहेका छन्।
सम्बन्धित समाचार




प्रतिकृया दिनुहोस