रिलिजको पूर्वसन्ध्यामा ‘द ब्लू लाइट’को नयाँ गीत सार्वजनिक
काठमाडौं । चलचित्र‘द ब्लू लाइट’ले प्रदर्शनको पूर्वसन्ध्यामा नयाँ गीत सार्वजनिक गरेको छ । ‘दुई अक्षरको माया’ बोलको गीत निर्माण पक्षले आज सार्वजनिक गरेको हो ।
गीतमा प्रवेश राईको स्वर, डीपी खनालको शब्द र एसडी योगीको संगीत रहेको छ । गीतमा प्रेम र सम्बन्धको कथा छ । दुई अक्षरको शब्द ‘माया’लाई बुझ्न कति कठिन छ भन्ने गीतमा उल्लेख छ । प्रेम र विश्वास तथा त्यसमा हुने घातलाई सुन्न सकिन्छ ।
प्रेम र आशंकालाई केन्द्रमा राखेको गीतले माया बुझ्न हुने गरेको कठिनाई र त्यसले जिन्दगीमा पार्ने प्रभावलाई उल्लेख गरेको छ ।गीतको भिडियोमा चलचित्रमा दुई मुख्य कलाकार अपर्ण थापा र बेनिशा हमालको अभिनय छ । उनीहरूबीचको प्रेम र सम्बन्धलाई गीतले देखाउने प्रयास गरेको छ ।
शुक्रबारबाट प्रदर्शनमा आउने चलचित्रको प्रि–बुकिङ खुला भएको छ । देशभरका प्रमुख मल्टिप्लेक्सहरूमा एडभान्स् बुकिङ खुल्ला गरिएको चलचित्रको सन्तोषजनक शो पाएको छ ।यो समाचार तयार पार्दासम्म ‘द ब्लू लाइट’ देशकै ठूलो मल्टिप्लेक्स चेन क्यूएफएक्सका काठमाडौं उपत्यकाका हलमा १३ शो पाएको छ भने मोफसलमा १२ शो पाएको छ ।
चलचित्र ‘द ब्लू लाइट’लाई बलिराम चौहानले निर्देशन गरेका छन् । यो उनको पहिलो निर्देशन हो ।नरेन्द्र मैनालीको छायांकन रहेको चलचित्रमा आकाश उखेडा मख्य सहायक निर्देशक छन् । रेलिजा श्रेष्ठ प्रोडक्सन डिजाइनर, दिलीप पन्त निर्माण नियन्त्रक हुन् ।
सम्बन्धित समाचार





प्रतिकृया दिनुहोस