• आइतबार ११-३-२०८२/Sunday 02-15-2026
देश/प्रदेश

डीपिनेट नेपालको १७औँ साधारणसभा सम्पन्न, डिजास्टर म्यानेजमेन्ट अवार्ड प्रदान

 काठमाडौं । डीपिनेट नेपालको १७औँ वार्षिक साधारणसभा सम्पन्न भएको छ ।

 

सभामा विपद व्यवस्थापन क्षेत्रमा उल्लेखनीय योगदान पुर्यााएका तीन जनालाई ‘डिजास्टर म्यानेजमेन्ट अवार्ड’ प्रदान  गरिएको थियो। दोधारा चाँदनी नगरपालिकाका मेयर किशोर कुमार लिम्बू अरुण सैंजु र श्रीराम शर्माले पुरस्कार प्राप्त गरेका छन  ।

 

पुरस्कार समितिका संयोजक तथा पूर्वसचिव केदार न्यौपानेले विपदका क्षेत्रमा काम गर्ने व्यक्तिलाई राज्यले अझै पनि पर्याप्त प्रोत्साहन नदिएको टिप्पणी  गरे ।

 

कार्यक्रममा डिपिनेटका अध्यक्ष डा.राजु थापाले पूर्वसूचना प्रणाली कार्यान्वयनमा सरकारको गम्भीरता नदेखिएकोप्रति चिन्ता व्यक्त गरे। “सर्वोच्च अदालतले निर्देशन दिइसके पनि पूर्वसूचना प्रणालीमा अपेक्षित प्रगति हुन नसकेको  उनको भनाई छ ।

 

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार