• आइतबार ११-३-२०८२/Sunday 02-15-2026
बिश्व

ग्रीनल्यान्डबारे युरोपेली देशलाई ट्रम्पको चेतावनी

अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले ग्रीनल्यान्डमाथि नियन्त्रण कायम गर्ने आफ्नो मागको विरोध गर्ने युरोपेली देशहरूमाथि ट्यारिफ लगाउने धम्की शतप्रतिशतू पूरा गर्ने बताएका छन्।ग्रीनल्यान्डको सार्वभौमिकताप्रति युरोपेली साझेदार देशहरू एकजुट भएका छन्। 

 

डेनमार्कका विदेशमन्त्रीले डेनिश अर्धस्वायत्त भूभागको स्वामित्व लिनका लागि ट्रम्पले धम्कीको सहारा लिन नहुने प्रतिक्रिया दिएका छन्।यूकेका विदेशमन्त्रीले ग्रीनल्यान्डका बासिन्दा र डेनमार्कका नागरिकले मात्रू ग्रीनल्यान्डको भविष्य निर्धारण गर्न पाउने धारणा दोहोर्‍याएका छन्।

 

बल प्रयोग गर्ने सम्भावना नरहेको कुरा अस्वीकार गर्दै सोमवार ट्रम्पले यूके र उत्तर एट्लान्टिक सन्धि सङ्गठन नेटोका अरू सात सदस्य राष्ट्रहरूबाट अमेरिका आयात हुने सामानमा ट्यारिफ लगाउने योजना अगाडि बढाइने बताए।बीबीसी

 

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार