अब कहिलै पनि त्यस्तो दिन नआओस्
काठमाडौं ।महानगरपालिकाका मेयर बालेन्द्र शाह बालेनले महाभूकम्पको सम्झना गर्दै भूकम्पीय जोखिममा काम गर्दाको समय स्मरण गरेका छन ।
विसं २०७२ वैशाख १२ गतेको भूकम्पबाट जनधनको ठुलो क्षति भएको थियो । मेयर शाहले सामाजिक संजालमा यस्तो लेखेका छन :
२०७२ सालको भूकम्प पछि, म सिभिल इन्जिनियरको रूपमा देशका विभिन्न भागमा काम गर्दै थिएँ ,
काभ्रेमा मात्रै करिब २५ सय घर निर्माण गरियो। त्यसपछि गोरखा हुँदै देशका सबै ३५ भन्दा धेरै जिल्लामा सिभिल इन्जिनियरका रूपमा काम गर्ने अवसर पाएँ। आज भुकम्प सुरक्षा दिवसको अवसरमा अब कहिलै पनि त्यस्तो दिन नआओस् भन्ने हाम्रो कामना छ ।
नेपालका विभिन्न भुगोलमा एउटा पेशाकर्मी इन्जिनियरको रुपमा काम गर्दा त्यो अनुभवले मलाई एउटा स्पष्ट कुरा सिकायो, नेपालजस्तो भूकम्पीय जोखिम भएको देश सिभिल इन्जिनियरिङको कोणबाट काम गरेर मात्र बन्दैँन।
भौगोलिक भुबनोट सङ्गै , हाम्रो विविधता सहितको समाजलाई माथी उकास्न यसका अनेक पाटालाइ सङ्गै माथी उठाएर काम गर्नुपर्छ ।
रास्ट्रको बिकास भनेको भुगोल र जनता दुबैको बिकास र त्यसलाइ जोड्न सक्ने सेतुको बलियो आधार निर्माण गर्नु हो ।
सुरक्षित राष्ट्र निर्माणका लागि स्ट्रक्चरल इन्जिनियरिङ, दीर्घकालीन योजना , मौलिक र आधुनिक बिकासको सामन्ज्यसता सहितको जिम्मेवार नीति र इमान्दार नेतृत्वको आवश्यकता छ। यही बुझाइका साथ म भारत गएँ र स्ट्रक्चरल इन्जिनियरिङ अध्ययन गरेँ। अध्ययनपछि सुविधा सम्पन्न देशमा बसेर काम गर्ने अवसर थियो, तर मैले देश फर्किने निर्णय गरेँ।
आज, नागरिकको विश्वासका कारण काठमाडौं महानगरपालिकाको प्रमुखको जिम्मेवारी सम्हाल्दै गर्दा, हामीले शब्दभन्दा कामलाई प्राथमिकता दिएका छौं स्थानीय तहले आफ्नो अधिकार प्रयोग गरि आम जनताको सुबिधाको लागि काम गर्न सकिन्छ भन्ने प्रमाणित समेत गर्ने गरि काम गरियो , आम मानिसले प्रत्यक्ष अनुभूति गर्न सक्ने सेवा, पारदर्शी प्रणाली र संरचनागत सुधारको सुरुवात महानगरबाट भएको छ । अब, महानगरमा सुरु भएका यी सुधार र यसको अभ्यास आदिलाई राष्ट्रिय स्तरमा विस्तार गर्ने समय आएको छ।
नेपालको विकास भन्नु सडक, भवन र ठुलाठुला संरचना मात्रै होइन।विकास भनेको सुरक्षित संरचना, देशको आवस्यकता र आम जनताको आशालाइ जिवित राख्दै देशमै केही गर्न सकिन्छ भन्ने बातावरण बनाउनु हो , उदार समाज
सस्थागत विकास र समुन्नति कुनै कागजमा मात्र नभै हरेक जनताले अनुभुत गर्न पाउने कुरा हो, यसको लागि आशाको सन्चारमात्र नभई कटिबद्द रहेर इमान्दारीता पुर्वक देसलाइ अगि बढाउनुपर्ने छ हामी र हाम्रो पुस्ताको मात्र नभई भविष्यका पुस्तालाई सुरक्षित र आशालाग्दो देश हस्तान्तरण गर्ने नीति हो।
स्ट्रक्चरल इन्जिनियरको रूपमा मैले बुझेको कुरा स्पष्ट छ—
देशलाई अब अल्पकालीन निर्णय होइन, दीर्घकालीन दृष्टिकोण चाहिएको छ।
अब लोकप्रिय नारा होइन, इमानदार नेतृत्व चाहिएको छ।
हामी राजनीतिमा आउनुको मुल उदेश्य नै, नेपाललाई सुरक्षित बनाउने, नेपाललाई दिगो बनाउने, नेपाललाई व्यवस्थित बनाउने।
नीति यस्तो बन्नेछ, जसले संकट आउनुअघि तयारी हुनेछ
संरचना यस्तो बन्नेछ, जसले विपद् सहन सकोस्।
शासन यस्तो बनोस्, जसले जनताको विश्वास जितोस्।
यो अभियान कुनै एक व्यक्तिको होइन।
यो सुरक्षित भविष्य चाहने सबै नेपालीको साझा अभियान हो।
सबैको साथ, सहयोग र विश्वाससहित
अब राष्ट्र निर्माणको यात्रामा अघि बढ्ने समय आएको छ।





प्रतिकृया दिनुहोस