ललितकलामा अन्तर्राष्ट्रिय कला प्रदर्शनी
काठमाडौं । नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठान समसामयिक चित्रकला विभाग, बहुआयामिक तथा अन्य सिर्जनात्मक कला विभाग तथा इसेन्स अफ मुल¥यानीको सहकार्यमा मङ्गलवारबाट ‘आर्ट इन हिमालयज २०२६’ अन्तर्राष्ट्रिय कला प्रदर्शनी सुरु भएको छ । प्रदर्शनीको प्रतिष्ठानका कुलपति नारदमणि हार्तम्छाली र इसेन्स अफ मुल¥यानीका प्रमुख लोरा डी. मर्फीले उद्घाटन गरेका थिए ।
कार्यक्रममा प्रतिष्ठानका कुलपति नारदमणि हार्तम्छालीले नेपालसँगै विदेशका कलाकारहरूको कलाकृतिसँगै सांस्कृतिक आदानप्रदानमा यस प्रदर्शनीले थप सहयोग गर्ने बताए । प्रतिष्ठानका समसामयिक चित्रकला विभाग प्रमुख संजय बान्तावा राईले पूर्वीय विम्ब, मिथकदेखि हिमाल, तराईका चित्रहरूसमेत प्रदर्शनीमा समावेश भएको र यसले अन्तर्राष्ट्रिय भाइचारसमेत कायम गर्ने बताए ।
आयरल्यान्डका कलाकार तथा इसेन्स अफ मुल¥यानीका प्रमुख लोरा डी. मर्फीले नेपालमा आफू पहिलो पटक ३० वर्षअघि आएको पलदेखि हालसम्म नेपालले धेरै माया गरेको बताउँदै प्रदर्शनीमा सहभागी सबैल कलाकारप्रति आभार व्यक्त गरे । प्रदर्शनीका क्युरेटर प्रदीप शाक्यले कलाको भाषा नै सञ्चारको सशक्त माध्यम रहेको बताउँदै प्रदर्शनीमा नेपालसँगै अन्य देशका प्रयोगात्मक कलासमेत समावेश भएको धारणा राखे ।
प्रदर्शनीमा नेपाल, अमेरिका, अस्टे«लिया, बेलायत, डेनमार्क, क्यानडा र आयरल्यान्डका गरी १५ जना विदेशी कलाकारका ८० भन्दा बढी कलाकृति रहेका छन् । कार्यक्रममा नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठानका पूर्व कुलपति किरण मानन्धर, प्रतिष्ठानका पदाधिकारी, इसेन्न्स अफ मूल¥यानीका नेपाल संयोजक डिल्ली तुलाधरसँगै अग्रज तथा नयाँ पुस्ताका कलाकार, विभिन्न सङ्घ–संस्थाका प्रतिनिधि, पत्रकारलगायतको सहभागिता रहेको थियो ।





प्रतिकृया दिनुहोस