निर्वाचन कार्यतालिका संशोधन
काठमाडौं । नेपाली कांग्रेसको विशेष महाधिवेशन पक्षधरको आह्वानमा काठमाडौँमा भएको विशेष महाधिवेशनपछि सार्वजनिक निर्वाचन तालिका परिमार्जन गरिएको छ ।
निर्वाचन समितिका अनुसार संशोधित कार्यतालिका अनुसार राति १० बजेसम्म उम्मेदवारको प्रथम नामावली प्रकाशित हुने जनाइएको छ ।
त्यस्तै, १०:१५ देखि १०ः ३० सम्म उम्मेदवारीमाथि दावी विरोध, १०ः ३० देखि १०ः ४५ सम्म उम्मेदवारीमाथिको दाबी विरोधको छानबिन, ११ बजे उम्मेदवारीमाथिको दाबी विरोधको छानबिन पश्ताच पुनः नामावली प्रकाशन रहेको छ ।
उम्मेदवारको अन्तिम नामावली प्रकाशन पुस ३० गते राति ११ः३५ बजे तोकिएको छ । मतदान भने माघ १ गते बिहान २ बजेदेखि ५ बजेसम्म हुने समिति संयोजक वरिष्ठ अधिवक्ता सीताराम केसीले जानकारी दिए ।
सम्बन्धित समाचार




प्रतिकृया दिनुहोस