• बिहीबार १०-९-२०८२/Thursday 01-22-2026
स्वास्थ्य

दिनमा दुई पटक दाँत माझ्नु किन सधैँ राम्रो होइन ?

काठमाडौं। कसरी दाँत माझ्ने भनेर जानकार छौँ भन्ने हामी सबैलाई लाग्छ: बिहान र राति दाँत माझ्ने, पानीले कुल्ला गर्ने र माउथवाश सायद राम्रो उपाय हुन सक्छ। तर दन्त विशेषज्ञहरूका अनुसार, सबैभन्दा सजग मानिसहरूले पनि केही गल्तीहरू गरिरहेका हुन सक्छन्, जसले गर्दा उनीहरू दाँतको विषयमा नराम्रो गरिरहेका हुन सक्छन्।

 

युनिभर्सिटी अफ बर्मिङघमको स्कुल अफ डेन्टिस्ट्रीका डा. प्रवीण शर्माका अनुसार ब्रिटेनका आधा जसो वयस्कलाई कुनै न कुनै समयमा गिजाको रोग लाग्ने र गिजाबाट रगत आउने लक्षण देखिन सक्छ।

 

"यदि तपाईँको गिजाबाट रगत बगिरहेको छ वा सुन्निएको छ भने त्यो तपाईँले अझै राम्रोसँग दाँत माझ्न आवश्यक छ भन्ने सङ्केत हो," उनी भन्छन्।उनी र बीबीसीको ह्वाटस् अप डक्स् पडकास्टका प्रस्तोता डा. ज्यान्ड र डा. क्रिस भ्यान ट्युलेकेन भनाइमा हामीमध्ये धेरैले अहिले गलत गरिरहेका छौँ, त्यो परिवर्तन गर्‍यौँ भने हाम्रो दाँतको स्वास्थ्य सुधार हुन सक्छ।

 

दाँतसम्बन्धी एउटा उत्तम मान्यता हो, दिनमा दुई पटक माझ्नु र न्याश्नल हेल्थ सर्भिस (एनएसएस) ले पनि त्यसो गर्न सिफारिस गर्दछ। तर डा. शर्माका भनाइमा यसको वास्तविक पक्ष परिमाण होइन, गुणस्तर हो। 

 

"पक्कै हो, यदि तपाईँ समय निकाल्न सक्नुहुन्छ भने, दिनमा दुई पटक राम्रोसँग दाँत माझ्नुहोस्," उनी भन्छन्, "तर दिनमा एक पटक राम्रो तरिकाले र एक पटक छिटो दुई मिनेट गर्नु राम्रो हो।" यदि तपाईँसँग दिनको एक पटक मात्र दाँत राम्रोसँग माझ्ने र सफा गर्ने समय छ भने उनी त्यो साँझमा गर्न सल्लाह दिन्छन्।

 

पक्कै पनि, मुख्य गरी दुईवटा दाँतबीच कुनै साधनको प्रयोग गरेर सफा गर्न धेरैलाई मन पर्दैन, तर डा. शर्मा त्यसको निम्ति इन्टरडेन्टल ब्रशको प्रयोग गर्दा त्यसले सजिलो र कम पीडादायी बनाउन सक्ने सुझाउँछन्।

 

जब यो विधिको कुरा आउँछ, प्रत्येक दाँतको बाहिरी, भित्री र टोक्ने सतह तीनै तह माझ्न आवश्यक हुन्छ। डा. शर्माको सुझाव छ, धेरै दबाव नदिई दाँतको प्रत्येक तहको सानो गोलाकारमा ब्रश चलाउनु पर्छ।

 

उनी दाँत र गिजाको बीचको भागमा विशेष ध्यान दिनु पर्ने बताउँछन् किनकि त्यहीँबाट गिजाको रोग हुन सक्छ। डा. ज्यान्डका भनाइमा 'ब्रशको जगरले निम्त्याउने संवेदनामा ध्यान केन्द्रित गर्नु' महत्त्वपूर्ण हुन्छ र ध्यानपूर्वक दाँत माझ्नु पर्छ, त्यसबेला फोन चलाउनु हुँदैन।

 

धेरै व्यक्तिहरूले खाना खाने बित्तिकै आफ्नो दाँत माझ्ने गर्छन्, तर यसले तपाईँको इनामेललाई कुनै पनि लाभ नगर्न सक्छ। "सामान्यता बिहानको खाजाअघि दाँत माझ्नुहोस्," डा. शर्मा भन्छन्, "तपाईँ यो केही अम्लीय अवस्थापछि दाँत माझ्न चाहनुहुन्छ भने, खाने र माझ्ने बीचमा केही समयको अन्तराल राख्नुपर्छ।"

 

यो किनभने खाद्य र पेय पदार्थ, विशेष गरी फलफूलको रस वा कफीबाट बन्ने एसिडले दाँतको इनामेललाई नरम बनाउन सक्छ र लगत्तै दाँत माझ्नाले त्यसलाई हटाउन सक्छ। डा. क्रिसले खाना खाएपछि पानीले मुख कुल्ला गरेर एसिड पखाल्न र यदि बिहानको नास्तापछि ब्रश गर्नु छ भने कम्तीमा ३० मिनेट पर्खिन सुझाव दिन्छन्।

 

यदि तपाईँले हरेक पटक दाँत माझेपछि थुक्ने, कुल्ला गर्ने र गार्गल गर्नुहुन्छ भने, त्यो अन्तिम चरणबारे पुनर्विचार गर्न आवश्यक छ। "थुक्नुहोस् तर पानीले कुल्ला नगर्नुहोस्," डा. शर्मा भन्छन्। मुख कुल्ला गर्नाले बाँकी रहेको दन्त मन्जनमा मिश्रित फ्लोराइड पखालिन्छ।

 

त्यसको अर्थ केवल अतिरिक्त मन्जन थुक्नु र फ्लोराइडको पातलो तहलाई दाँतको सुरक्षा जारी राख्न छोड्नु हो। यदि तपाईँ ब्रश गरेपछि आफ्नो मुख कुल्ला गर्न चाहनुहुन्छ भने, माउथवाशको प्रयोग गर्नुहोस्।

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार