लैंगिक हिंसा विरुद्धको १६ दिने अभियान : हिंसा विरुद्ध मौनता तोड्न ‘म बोल्छु’
ललितपुर । मिडिया एड्भोकेसी ग्रुप (म्याग) को आयोजनामा लैंगिक हिंसा विरुद्ध १६ दिने अभियानको अवसरमा लैंगिक हिंसाविरुद्ध मौनता तोड्न ‘म बोल्छु’ विषयक कार्यक्रम सम्पन्न भएको छ ।
म्यागले आयोजना गरेको उक्त कार्यक्रममा पछिल्ला वर्षहरूमा डिजिटल माध्यमबाट हुने हिंसा बढ्दै गएको भन्दै पीडितका अनुभव सार्वजनिक गर्दै कानुनी उपचारसँग जोडिन आवश्यक रहेको कार्यक्रमका सहभागीहरुले बताए ।
कार्यक्रम सहजीकरण गर्दै म्यागकी संस्थापक तथा कार्यकारी निर्देशक, वरिष्ठ पत्रकार बबिता बस्नेतले प्रविधिमा आधारित लैंगिक हिंसाले महिलासहित तेस्रोलिंगी तथा अन्य लैंगिक-अल्पसंख्यक समुदायहरु समेत प्रभावीत भएको बताउनु भयो ।
अनिता विन्दुको अध्यक्षतामा सम्पन्न कार्यक्रममा गायक प्रकाश सपुत, खिमा रिजाल,सुहाना थापा मगरलगायतका सहभागीहरूले आफ्ना भोगाइ सुनाएका थिए ।





प्रतिकृया दिनुहोस