ओखलढुङ्गाको सिद्धिचरण नगरपालिकामा विपद् संवेदनशील सामाजिक सुरक्षा सम्बन्धी अन्तरक्रिया
काठमाडौं । सिद्धिचरण नगरपालिकामा 'विपद् संवेदनशील सामाजिक सुरक्षा तथा राहत वितरण मापदण्ड, २०८१' सम्बन्धी अन्तरक्रिया सम्पन्न भएको छ।
ओखलढुङ्गाका प्रमुख जिल्ला अधिकारी मेख बहादुर मंग्रातीले अहिलेको समयमा उक्त मापदण्डको बारेमा प्रकाश पार्नु भयो । सिद्धिचरण नगरपालिका, चम्पादेवी, लिखु, मानेभन्ज्याङ, सुनकोशी, चिसंखुगढी, खिजिदेम्बा गाउँपालिकाका अध्यक्ष, उपाध्यक्ष, कार्यपालिका सदस्यहरु, जिल्लास्थित सुरक्षा निकायका प्रमुख तथा प्रतिनिधि, विपद् सम्पर्क व्यक्ति, नेपाल रेडक्रस सोसाइटी तथा सरोकारवाला निकाय र संघ संस्थाका प्रतिनिधिहरुको सहभागितामा अन्तरक्रिया भएको थियो।
विपद व्यवस्थापन प्राधिकरणको आयोजना र जिल्ला प्रशासन कार्यालय ओखलढुङ्गाको समन्वय र सहजीकरणमा कार्यक्रम सम्पन्न भएको हो।





प्रतिकृया दिनुहोस