• आइतबार ८-२९-२०८२/Sunday 12-14-2025
डबली

ललितकलामा ‘काठमाडौँ इन्टरनेसनल पर्फर्मेन्स आर्ट फेस्टिभल ’ सुरु

काठमाडौँ । नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठानको सहकार्य तथा बिन्दु स्पेस फर आर्टिस्टको आयोजनामा सोमवारबाट प्रतिष्ठानमा ‘काठमाडौँ इन्टरनेसनल पर्फर्मेन्स आर्ट फेस्टिभल २०२५’ सुरु भएको छ । 

 

कार्यक्रममा बोल्दै प्रतिष्ठानका कुलपति नारदमणि हार्तम्छालीले भावभङ्गिमा कलालाई परम्परागत सीमाभन्दा पर रहेको समाजसँग प्रत्यक्ष संवाद स्थापित गर्ने जीवन्त माध्यमका रूपमा वर्णन गर्दै यसले विचार, संवाद र अन्तर–सांस्कृतिक चेतनालाई गहिरो बनाउन महत्त्वपूर्ण भूमिका खेल्ने बताए । 

 

प्रतिष्ठानका बहुआयामिक तथा अन्य सिर्जनात्मक कला विभाग प्रमुख सौरगंगा दर्शनधारीले यस फेस्टिभलमा सहभागी कलाकार तथा सहयोगीप्रति आभार व्यक्त गर्दै आगामी दिनमा पनि यस्ता कार्यक्रममालाई निरन्तरता दिने बताए ।

 

बिन्दु स्पेस फर आर्टिस्टका निर्देशक पृथ्वी श्रेष्ठले कलाकारहरूलाई स्वागत गर्दै संस्थाले विगतमा गरेको कार्यका बारेमा जानकारी गराएका थिए । फेस्टिभलमा नेपालका मनीषलाल श्रेष्ठ, सरिता डङ्गोल, पृथ्वी श्रेष्ठ, सौरगंगा दर्शनधारी, मुना भडेल, अनिल सुब्बा, धु्रवराज शर्मा, रायन राजभण्डारी, सामना राई, समिर रनपहेली, सुविस्त कायस्थ लगायतले सहभागिता जनाउनुहुने छ । फेस्टिभल अन्तर्गत मङ्सिर ९, १० र ११ गते पर्फर्मेन्स हुनेछ । फेस्टिभल मङ्सिर १२ गते सकिने छ ।


 

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार