अलविदा ‘हि–म्यान’ धर्मेन्द्र
काठमाडौँ । बलिउडमा ‘हि–म्यान’ को नामले परिचित बलिउड धर्मेन्द्रको ८९ वर्षको उमेरमा निधन भएको छ । लामो समयदेखिको स्वास्थ्य समस्याका कारण उनलाई सोमबार मुम्बईको ब्रीच क्याण्डी अस्पतालमा भर्ना गरिएको थियो । गत १० नोभेम्बरमा श्वाशप्रश्वासमा समस्या आएपछि उहाँलाई अस्पतालमा भर्ना गरिएको उनलाई १२ नोभेम्बरमा अस्पतालले डिस्चार्ज गरेको थियो । चिकित्सकले थप उपचार घरमै हुने बताएका थिए । भारतीय सञ्चारमाध्यमहरुका अनुसार मंगलबार उपचारका क्रममा उहाँको निधन भएको हो ।
धर्मेन्द्र, जसको वास्तविक नाम धर्मेन्द्र कुमार देओल हो, उनले बलिउडमा तीनसय भन्दा बढी चलचित्रहरुमा काम गरहेका छन् । धर्मेन्द्रको जन्म ८ डिसेम्बर अप्रिल १९३५ मा भारतको पञ्जाबमा भएको थियो । कक्षा १० मा पढ्दा दिलीप कुमार अभिनितको चलचित्र हेरेपछि उनीभित्र पनि कलाकार बन्ने सपना जागेको हो । त्यसपछि धर्मेन्द्र एक ट्यालेन्ट हण्ट कार्यक्रममा पुगे र उनलाई बलिउडमा बाधिन झनै मन लागेको थियो । उनले सन् १९६० को दशकमा ‘दिल भी तेरा हम भी तेरे’ चलचित्र मार्फत बलिउडमा प्रवेश गरेका हुन ।
धर्मेन्द्रको परिवार बलिउडको सबैभन्दा ठूलो परिवारमध्ये एक हो । उनको दुई श्रीमती र छ जना बच्चाहरू छन् । उनले १९५४ मा १९ वर्षको उमेरमा प्रकाश कौरसँग पहिलो विवाह गरेका थिए । त्यसबेला उनले बलिउडमा प्रवेश गरेका थिएनन् । प्रकाश कौरबाट धर्मेन्द्रका दुई छोरा र दुई छोरी जन्मिए । यसको अर्थ उनी चार सन्तानका पिता भए । धर्मेन्द्रका यी चार सन्तानको नाम सनी देओल, बबी देओल, विजेता देओल र अजिता देओल हो । धर्मेन्द्रले १९८० मा प्रकाश कौरसँग सम्बन्ध विच्छेद नगरी अभिनेत्री हेमा मालिनीसँग विवाह गरे । त्यो समय हेमा मालिनी उहाँभन्दा १३ वर्ष कान्छी थिइन । अभिनेत्रीसँग विवाह गरेपछि यी दम्पतीका दुई छोरीहरू, ईशा देओल र आहाना देओल जन्मिएका थिए ।
उनको करियर बदल्ने पहिलो ठूलो सफलता दिलाउने सन् १९६६ को रोमान्टिक ड्रामा चलचित्र ‘फूल और पत्थर’ थियो । त्यसपछि ‘चन्दन का पालना’, ‘मँझली दीदी’ ‘बहारों कि मंजिल’ जीवन र मृत्यु, वाचा, लोफर, धर्मवीर,‘चुपके चुपके’ ‘हकीकत’, ‘यादोकी बारात’ ‘सीता और गीता’ र ‘शोले’ लाई अहिले पनि दर्शकले बिर्सन सक्दैनन् । उनी अभिनित नयाँ चलचित्र ‘इक्किस’ प्रदर्शनको तयारीमा थियो ।
उनको निधनमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसहित सिंगो बलिउडले शोक व्यक्त गरेको छ । प्रधानमन्त्री मोदीले धर्मेन्द्रको निधनमा दुःख व्यक्त गर्दै एक युगको अन्त्य भएको भन्दै सामाजिक सञ्जाल मार्फत सम्झेका छन् । बलिउड कलाकारहरू अमिताभ बच्चन, शाहरुख खान, आमिर खान, अक्षय कुमार, सलमान खान लगायत पनि धर्मेन्द्रलाई अन्तिम श्रद्धाञ्जली दिन पुगेका थिए । उनको अन्त्येष्टि विले पार्लेस्थित पवन हंस घाटमा सोमवार नै गरिएको थियो।
सम्बन्धित समाचार




प्रतिकृया दिनुहोस