• आइतबार ८-२९-२०८२/Sunday 12-14-2025
शिक्षा

महिनावारीका बेला छोरीलाई सघाउने यी बुवाहरू

काठमाडौं। सोह्र वर्षीया हेलेनको पहिलोपटक महिनावारी हुँदा घरमा अभिभावकका रूपमा उनका बुवा मात्रै घरमा थिए। त्यस बेला उनले आफ्नी छोरीलाई आवश्यक मद्दत गरे। भर्खरका किशोरीहरूसँग महिनावारीबारे कुराकानी गर्न अलि असहज हुन्छ। अझै तपाईँ आफैँले त्यो अनुभव गर्नुभएको छैन भने त अझै असहज हुन्छ। तर हेलेनले आफ्ना बुवाले त्यसबारे पहिलादेखि नै खुलेर कुरा गर्ने गरेको र त्यसले उनको पहिलो पटकको महिनावारीलाई अत्यन्तै सहज बनाइदिएको बताएकी छन्।

 

बुवाहरूले "तपाईँले कस्तो अनुभव गर्नुहुन्छ वा यसले कहिलेकाहीँ तपाईँको जीवनलाई कसरी असर गर्छ भनेर ठ्याक्कै भन्न सक्नुहुँदैन तर उहाँहरूले सुझाव दिन र त्यसबारे कुरा गर्न सक्नुहुन्छ," उनले भनिन्। तैपनि महिनावारीबारे बोल्न धेरैलाई आज पनि असहज नै महसुस हुन्छ र यसबारे धेरैजसो आमाहरू नै कुरा गर्छन्। हेलेनका बुवा जोन एडम्स महिनावारीसम्बन्धी कुरा गर्न कतिपयले महसुस गर्ने अप्ठेरोलाई चुनौती दिने बुवाहरूमध्ये एक हुन्। उनीजस्ता बुवाको सङ्ख्या पछिल्लो समय बढ्दै गएको छ।

 

आफ्ना १६ र १२ वर्षका दुई छोरीहरू हुर्किरहँदा जोन घरमै बस्ने अभिभावक थिए। तर उनले अन्य थुप्रै आमाबुवा भेटेका छन् जो आफ्ना सन्तानसँग महिनावारीबारे कुरा गर्न असहज महसुस गर्ने गरेको भेटेका छन्। "उनीहरू आफ्ना छोरीहरूले यसबारे विद्यालयमा जानून् भनेर कुरिरहेका थिए तर मलाई त्यो केवल शिक्षकको मात्रै काम हो भन्ने लाग्दैन।"

 

उनका लागि महिनावारी भनेको केवल स्वास्थ्यसमम्बन्धी विषय हो न कि कुनै सरम मान्नुपर्ने कुरा। बुवाहरूले महिनावारी कुरा गर्ने विषयमा छलफलबारे धारणा विभाजित भए पनि जोनले "आफ्ना सन्तानका लागि कुरा गर्न सक्ने हुनु" महत्त्वपूर्ण हुने बताए।

 

श्रीमती गुमाएका रोयका लागि भने कुनै विकल्प थिएन। उनले आफ्नी श्रीमतीको क्यान्सरका कारण मृत्यु भएपछि छोरीलाई एक्लै हुर्काए। छोरी नौ वर्ष हुँदादेखि नै उनले केही किताब पढ्दै महिनावारीमा के हुन्छ भनेर त्यसबारेमा कुरा गर्न थालेका थिए। "सुरुमा छोरीको अनुहारको रङ्ग उड्यो तर हामीले खुलेर कुरा गर्‍यौँ।"

 

उनले  पछि छोरीलाई प्याड देखाए र त्यो उनले कसरी लगाउनुपर्छ भनेर देखाए। उनले छोरीलाई कसरी लगाउने भनेर आफैँ प्रयास गर्न पनि सुझाए।"के भइरहेको छ भन्ने थाहा नहुँदा अलि डरलाग्दो पनि हुन्छ।"

 

"म मेरी छोरीलाई जीवनका लागि तयार गरिरहेको थिएँ र त्यसकै हिस्सामा महिनावारी, यौन, केटा साथी र सम्बन्धहरू थिए। यी सबै विषयमा कुरा गर्न कठिन हुन्छ तर तपाईँ यसबाट भाग्न सक्नुहुन्न।" यास्मिन रुफो/बीबीसी 

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार