• आइतबार ८-२९-२०८२/Sunday 12-14-2025
डबली

ललितकला विषयक अन्तरक्रिया तथा चित्रकला कार्यशाला सम्पन्न

काठमाडौँ । नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठानले प्रादेशिक ललितकला प्रदर्शनीको तयारी, कला र कलाकार सर्वेक्षण, प्रादेशिक तथा राष्ट्रिय ललितकलामा पुरस्कृत कलाकृतिको डिजिटल प्रदर्शनी, प्रदेश तथा स्थानीय तह र विभिन्न समुदायमा रहेका कला र कलाकारको पहिचान तथा तिनको महत्वलाई उजागर गर्न अन्तरक्रिया र गोष्ठीसँगै कार्यशाला समेत गरिरहेको छ । 

 

नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठानको सहकार्यमा स्याटर्डे प्लेन एअर हेटौँडा शाखा र मकवानपुर हस्तकला सङ्घको आयोजना तथा लायन्स क्लब अफ हेटौँडा, न्यु रेन्वो आर्ट ग्यालरी, विश्व आर्ट र रोट्रयाक्ट क्लब अफ मकवानपुरको सहयोगमा  लायन्स क्लब अफ हेटौँडा, कर्रा, हेटौँडा–९ मा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ ।  ललितकला र यसका महत्त्वका विषयमा गरिएको अन्तक्र्रियामा प्रतिष्ठानका सदस्य सचिव देवेन्दकुमार काफ्ले ‘थुम्केली’ले प्रतिष्ठानको उद्देश्य, गतिविधि र योजनाका विषयमा जानकारी दिए। उनले प्रतिष्ठानले देशभरि गरेका चित्रकला, मूर्तिकला, लोककला, शिल्प–हस्तकला, परम्परागत कला, वास्तुकला, बहुआयामिक तथा अन्य सिर्जनात्मक कलालगायतका कलाका विविध पक्षको पहिचानसँगै संरक्षण, प्रवर्धन र विकास गर्ने लक्ष्यका साथ गतिविधि गरिएको बताए । 

 

प्रतिष्ठानको टोलीमा सदस्य सचिव देवेन्दकुमार काफ्ले ‘थुम्केली’, वास्तुकला तथा लोककला विभाग प्रमुख प्रदीप अधिकारी र शिल्प–हस्तकला विभाग प्रमुख अरुणा हिङमाङ रहेका छन् ।  छलफलमा स्याटर्डे प्लेन एअरका केन्द्रीय सचिव दिवेश प्रधानले ललितकलाको महत्त्व र स्याटर्डे प्लेनले गरिरहेका गतिविधिका बारेमा जानकारी दिए । कार्यक्रममा मकवानपुर हस्तकला सङ्घका अध्यक्ष रमेशराज बज्राचार्यले प्रतिष्ठानसँग सहकार्य गरेर आगामी दिनमा कार्यक्रम गर्ने बताउनुभयो कलाकारको सहभागिता रहेको थियो ।

 

यस्तै प्रदेश तथा पालिकामा स्थापित सांस्कृतिक संरचनासँग समेत सहकार्य गर्दै ललितकलाका विविध गतिविधिलाई अगाडि बढाउने लक्ष्यका साथ मधेश प्रदेशको पर्सा वीरगञ्जमा नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठानले  ललितकला विषयक अन्तरक्रिया तथा एक दिवसीय भोजपुरी लोककला कार्यशाला गरेको छ । त्रि–जुद्ध महावीर प्रसाद रघुवीर राम मावि बिर्ता वीरगञ्ज–४ पर्सा,अजमत प्रडक्सन, नेपाल भोजपुरी समाज वीरगञ्ज, पर्सा र मैथिली विकास कोष, जनकपुरधामको सहकार्यमा गरिएको सो कार्यक्रममा प्रतिष्ठानका सदस्य सचिव देवेन्द्रकुमार काफ्ले ‘थुम्केली’ ले ‘ललितकला र यसको महत्त्व’ विषयमा प्रस्तुति दिए। उनले प्रतिष्ठानको उद्देश्य, गतिविधि र योजनाका विषयमा जानकारी गराउँदै प्रतिष्ठानले देशभरि गरेका चित्रकला, मूर्तिकला, लोककला, शिल्पहस्तकला, परम्परागत कला, वास्तुकला, बहुआयामिक तथा अन्य सिर्जनात्मक कलालगायतका कलाका विविध पक्षको पहिचानसँगै संरक्षण, प्रवर्धन र विकास गर्ने लक्ष्यका साथ गतिविधि गरिएको बताए । 

 

वास्तुकला तथा लोककला विभाग प्रमुख प्रदीप अधिकारीले भोजपुरी लोककलाको विकास, संरक्षण र प्रवर्धनमा स्थानीय समुदाय, पालिका सरकार, प्रदेश सरकार तथा संघीय सरकारको समन्वयमा कार्यहरु गरिनुपर्ने धारणा राखे । प्रतिष्ठानका शिल्प–हस्तकला विभाग प्रमुख अरुणा हिङमाङले भोजपुरी लोककलाको उन्नतिका लागि प्रतिष्ठानले कार्यक्रमको आयोजना गरेको बताए । प्रतिष्ठानका प्राज्ञसभा सदस्य अजमत अलि अन्सारीले नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठानले भोजपुरी लोककलाको विकासमा सबै पक्षको ध्यान जानुपर्ने धारणा व्यक्त गरे । कार्यक्रममा नेपाल भोजपुरी समाजका अध्यक्ष ध्रुवसिंह ठकुरी, वीरगञ्ज भोजपुरी प्रतिष्ठानका अध्यक्ष अनिता साह, नेपाल कमर्सियल संघ वीरगञ्जका सचिव रामनरेश चौरासिया, वीरगञ्ज सङ्गीत कला परिषद्का उपाध्यक्ष शाविर हुसैन लगायतको उपस्थिति रहेको थियो । कार्यशालामा नयाँ तथा पुराना पुस्ताका ३० जना कलाकारको सहभागिता रहेको थियो । कार्यशालामा प्रशिक्षकको भूमिकाका प्रतिष्ठानका प्राज्ञसभा सदस्य अजमत अलि रहेका थिए।

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार