एनपिएल : लुम्बिनीले चितवन राइनोजलाई ६ विकेटले हरायो
काठमाडौं । नेपाल प्रिमियर लिग (एनपिएल) मा लुम्बिनी लायन्सले जीत हासिल गरेको छ । कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट स्टेडियममा बिहीबार साँझ भएको खेलमा लुम्बिनीले चितवन राइनोजलाई ६ विकेटले हराउन सफल भएको थियो । एक सय ४३ रनको लक्ष्य पछ्याएको लुम्बिनीले १८.३ ओभरमा चार विकेटको क्षतिमा एक सय ४६ रन जोड्दै लक्ष्य पूरा गरेको हो ।
लुम्बिनीका लागि गुलवदिन नैवले सर्वाधिक ४४ रन बनाएका थिए । गुलवदिनले २४ बलमा तीन चौका र तीन छक्का हानेका थिए । त्यस्तै कप्तान रोहित पौडेलले ३९ रन, ओपनर सन्दीप जोराले २८, डार्की सर्टले ११ र दीलिप नाथले १० रन बनाएका थिए । चितवनका रिजन ढकालले दुई तथा सोहिल तन्विरले एक विकेट लिन सफल भएका थिए ।
चितवनले निर्धारित २० ओभरमा सात विकेटको क्षतिमा एक सय ४२ रन बनाएको थियो । चितवनका लागि रवि बोपराले अर्धसतकीय पालि खेले भने वोपराले ५५ बलमा चार चौका र तीन छक्का हानेका थिए। कप्तान कुशल मल्लले २१, सैफ जैइफले १५, देव खनालले १४, ओपनर दीपक बोहराले १० र अर्जुन साउदले अविजित आठ रन बनाएका थिए ।
बलिङमा लुम्बिनीका रुवेन ट्रम्पलम्यानले तीन विकेट लिएभने रुवेन प्लेयर अफ दि म्याच घोषित भएका थिए । यस्तै अविशेष गौतम र गुलवादिन नैवले दुई दुई विकेट लिएका थिए।
सम्बन्धित समाचार




प्रतिकृया दिनुहोस