सुनको मुल्य साढे २ लाख नाघ्यो
काठमाडौं । सुनको भाउ फेरि साढे २ लाख नाघेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले बिहीबारका लागि सुनको भाउ प्रतितोला २ लाख ५० हजार २ सय रुपैयाँ तोकेको छ ।
अघिल्लो दिनको तुलनामा आज एकैदिन सुन तोलामा ५ हजार ९ सय रुपैयाँ बढेको हो ।
अघिल्लो दिन २ लाख ४४ हजार ३ सय रुपैयाँमा सुनको कारोबार भएको थियो । अन्तर्राष्ट्रिय बजारमा बिहीबार सुनको भाउ ४२०० डलर नाघेको छ ।
सम्बन्धित समाचार




प्रतिकृया दिनुहोस