• आइतबार ८-२९-२०८२/Sunday 12-14-2025
राजनीति

१० कम्युनिस्ट घटकको एकीकरण

काठमाडौं । नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीसहित १० कम्युनिस्ट घटकहरू नेपाली कम्युनिस्ट पार्टीका रूपमा एक भएको घोषणा गरेका छन् । संयोजक पुष्पकमल दाहाल प्रचण्ड र सहसंयोजक माधवकुमार नेपाल बनेका छन् एवं उक्त दलको चुनाव चिह्न तारा प्रस्ताव गरिएको छ। 

 

बुधबार भृकुटीमण्डपमा आयोजित एकता राष्ट्रिय सम्मेलनमा उनले एकढिक्का भएर देशका अघि देखिएका चुनौतीको सामाना गर्न सक्ने विश्वास पैदा भएको बताए ।

 

“आजको दिन नेपाली कम्युनिस्ट इतिहासमा कहिल्यै नबिर्सिने दिन हुनेछ । किनकि एकैसाथ १० वटा घटकको एकता भएको सम्भवतः इतिहास नेपालमा छैन । दुईवटा, तीनवटा मिल्ने त भयो होला,” उनले भने ।

 

पार्टीको संयोजकमा पुष्पकमल दाहाल ‘प्रचण्ड’ र सहसंयोजक माधव कुमार नेपाललाई तोक्ने प्रस्ताव पारित भएको छ । नेता महेन्द्रराय यादवले संयोजक र सहसंयोजक तोक्ने प्रस्ताव गरेका थिए । उक्त प्रस्ताव हलबाट पारित गरिएको हो ।

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार