• सोमबार ११-२५-२०८२/Monday 03-09-2026
प्रविधी

खुल्यो सामाजिक सञ्जाल

जेनजी आन्दोलनमा दमन गर्दै १९ युवा मारेपछि सरकारले फेसबुकलगायत सामाजिक सञ्जाल खुलाएको छ। 

 

सोमबार साँझ बसेको मन्त्रिपरिषद् बैठकपछि सरकारले दर्ता हुन नमानेको भन्दै यसअघि बन्द गरिएका मेटा, एक्सलगायत सामाजिक सञ्जाल खुलाउने निर्णय गरेको हो।

 

सामाजिक सञ्जाल खुला गरिएको सरकारका प्रवक्ता एवं सञ्चारमन्त्री पृथ्वीसुब्बा गुरुङले बताएका छन्।

 

मन्त्रिपरिषद् बैठकले सामाजिक सञ्जाल खुलाउने निर्णय नगरे पनि पछि सत्तारुढ दलका नेताको दबाबमा सरकारले राति १० बजेपछि खुलाएको हो।

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार