• सोमबार ११-२५-२०८२/Monday 03-09-2026
अर्थ

डिजेल र मट्टितेलको मूल्य घट्यो, पेट्रोलको यथावत

काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्यमा घटाएको छ । 

 

निगमका अनुसार डिजेल र मटिट्तेल प्रतिलिटरमा ४ रुपैयाँ मूल्य घटेको छ । पेट्रोल र एलपी ग्यासको खुद्रा बिक्री मूल्य भने यथावत रहेको निगमले जनाएको छ ।

 

यस्तै हवाई इन्धनमा आन्तरिकतर्फ १ र अन्तर्राष्ट्रियतर्फ काठमाडौंका लागि ७ अमेरिकी डलर घटेको छ ।

 

इण्डियन आयल कर्पोरेशनले मूल्य समायोजन गरेर पठाएको भन्दै निगमले खुद्रा मूल्यमा हेरफेर गरेको हो ।

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार