• आइतबार ११-३-२०८२/Sunday 02-15-2026
अर्थ

नेपालकै ठूलो अटोमोबाइल प्रदर्शनी भदौ ३ देखि ८ गते सम्म, दिपल उड्ने ट्याक्सी नाडा अटो शोमा

काठमाडौं । भोलिबाट सुरु हुने नाडा अटो शो २०२५ मा नेपालकै पहिलो उड्ने ट्याक्सी दिपलको ईभीटोल प्रधानमन्त्री केपी शर्मा ओलीले सार्वजनिक गर्ने छन् ।

 

१७औं संस्करणको नाडा अटो शो केवल एउटा प्रदर्शनी मात्र होइन, यो देशको दृढता, नवीनता र भविष्यप्रतिको दृष्टिकोणको जीवन्त प्रमाण  पनि भएको नाडाले जनाएको छ । यसले नेपालमा प्रविधिको नयाँ सम्भावनालाई उद्घाटन गर्नेछ।

 

एमएडब्लु वृद्धिले चिनियाँ कार निर्माता चांगान अटोसँग सहकार्य गर्दै नेपालमा नयाँ युगको मोबिलिटीको सुरुआत गरेको छ। यसले नेपालमा हवाई र स्थलीय यातायातको भविष्यलाई नयाँ आयाम दिने बताइएको छ ।

 

नेपालकै सबैभन्दा ठूलो अटोमोबाइल प्रदर्शनी भदौ ३ देखि ८ गते (अगस्ट १९–२४, २०२५) सम्म भृकुटी मण्डपमा आयोजना हुँदैछ ।वि.सं. २०५५ मा सुरु भएको नाडा अटो शो आजसम्म आई पुग्दा नेपाली अटो उद्योगको प्रमूख प्रदर्शनी बनेको छ, जसले प्रविधि, नवप्रवद्र्धन एवं गतिशीलतामा महत्वपूर्ण योगदान दिँदै आएको छ । 

 
 
 
 

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार