कपालबाट बनेको मन्जन दलेर 'खिइएको दाँत बलियो बनाउन सकिने'
काठमाडौं । मानिसको कपालबाट बनेको मन्जनले बिग्रेका दाँतलाई फाइदा पुग्न सक्ने अनुसन्धानकर्ताहरूले बताएका छन्। किङ्स कजेल लन्डन (केसीएल)का वैज्ञानिकहरूका अनुसार कपाल, छाला र ऊनमा पाइने 'केरटिन' नामक प्रोटीनले दाँतको बाह्य तह 'इन्यामल' मा क्षति पुगेको भए छ भने त्यसलाई मर्मत गर्न र दाँत मक्किन थालेको छ भने त्यसलाई रोक्न सक्छ।
केरटिनले दाँतबाहिर सुरक्षात्मक पत्र बनाउने र थुकमा हुने खनिज पदार्थको संसर्गमा आएपछि त्यो पत्रले इन्यामलको जस्तो रूप र गुण देखाउने अनुसन्धानले देखाएको छ।
"केरटिनले दाँतको विद्यमान उपचारविधिमा रूपान्तरणकारी विकल्प प्रदान गरेको छ," यो शोधपत्रकी लेखिका तथा केसीएलमा विद्यावारिधि गर्दै गरेकी सेरा ग्यामियाले भनिन्। एड्भान्स्ड हेल्थकेअर मटेरिअल्स'मा प्रकाशित शोधका लागि वैज्ञानिकहरूले ऊनबाट निकालिएको केरटिन प्रयोग गरेका थिए।
केरटिन दाँतमा दलेपछि थुकमा भएका खनिज पदार्थहरूसँग त्यसको संसर्ग हुँदा त्यसबाट निकै सङ्गठित र स्फटिकजस्तो संरचना बन्ने अनि उक्त संरचना दाँतमा प्राकृतिक रूपमै हुने इन्यामलजस्तो हुने र त्यसले जसरी नै काम गर्ने वैज्ञानिकहरूले पत्ता लगाए। उनीहरूका अनुसार उक्त संरचनाले क्याल्सिअम र फस्फेट आयनहरूलाई आकर्षित गरिरहन्छ र त्यसबाट दाँतबाहिर इन्यामलजस्तै खालको सुरक्षाकवच बन्छ।बीबीसी
सम्बन्धित समाचार




प्रतिकृया दिनुहोस