• बुधबार ३-१३-२०८१/Wednesday 06-26-2024
डबली

शास्त्रीयएवं परम्परागत नृत्य प्रस्तुति–२०८१सम्पन्न

काठमाडौं । नेपाल सङ्गीततथा नाट्य प्रज्ञा–प्रतिष्ठान, नृत्य विभागद्वारा शास्त्रीयएवं परम्परागत नृत्य प्रस्तुति–२०८१ जमलस्थित सांस्कृतिक संस्थानमा सम्पन्न भएको छ । 


नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठानका कुलपति नारदमणि हार्तम्छलीको प्रमुख आतिथ्यतामा जेठ २८ गते आयोजित शास्त्रीय एवं परम्परागत नृत्य प्रस्तुति–२०८१मा विभिन्न शास्त्रीय एवं परम्पारगत नृत्यहरु प्रस्तुत गरिएको थियो ।
 
पिस कल्चर गु्रपबाट सनब खड्गीएवं संगीता खड्गीले नेपालको परम्परागत भैरवकाली नृत्य प्रस्तुतगर्नुभयो । यस्तै एस्थेटिक डान्स स्टुडियोबाट नृत्याङ्गनानम्रता के.शीले कथक नृत्यमाआधारित तीन वटा नृत्य प्रस्तुतिदिनुभयो ।सौजन रघुवशीं तथाप्रमिलाश्रेष्ठले बंगामुखी, ऋतु रङ्ग लगायत पाँछ वटा भरतनाट्यम आधारित रहेर नृत्य प्रस्तुति दिनु भयो । 

 

कार्यक्रममा बोल्दै प्रमुख अतिथि प्रतिष्ठानका कुलपति नारदमणि हर्ताम्छलीले कार्यक्रम सार्थक र उपलब्धिमूलक भएकोे बताउँनुहुँदै नेपाल सङ्गीततथा नाट्य प्रज्ञा प्रतिष्ठान र नेपालल लितकला प्रज्ञा प्रतिष्ठान कला र संस्कृतिको संरक्षणका लागि संयुक्त रुपमा अघि बढ्नु पर्ने बताउनु भयो । 


नेपाल सङ्गीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानका उपकुलपति एवं कार्यक्रमका सभाध्यक्ष शम्भु राईले लोप हुने अवस्थामा पुगेका कला संस्कृतिलाई यस प्रज्ञा प्रतिष्ठानले विविध प्रदर्शन मुलक कार्यक्रम तथा अध्ययन अनुसन्धानका माध्यमबाट सङ्ग्रहित गरिरहेको जानकारी गराउँदै नेपालीकला र संस्कृतिको क्षेत्रमा भएका विकृति र विसङ्गतिलाई नियमनगर्ने निकाय नरहेको अवस्थामा नेपाल सङ्गीत तथा नाट्य प्रज्ञा प्रतिष्ठान मार्फत नियमन र नियन्त्रण गर्न सकिने बताउनुभयो । 

 

कार्यक्रममा बोल्दै नृत्य विभाग प्रमुख एवं कार्यक्रम संयोजक बखत बहादुर हमालले उद्देश्यमाथि प्रकाश पार्नुहुँदै नेपाल सङ्गीततथा नाट्य प्रज्ञा प्रतिष्ठानले प्रदर्शन मूलक तथा अध्ययन र अनुसन्धानात्मक कार्यलाई सँगसँग लिएर अगाडि बढिरहेको बताउनु भयो ।

 

सञ्चारकर्मी हरि पुनले सञ्चालन गर्नुभएको कार्यक्रममा सांस्कृतिक संस्थानका महाप्रबन्धक किरण बाबु पुन, नेपाल सङ्गीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानका सदस्य सचिव कुश्मा महरा, प्राज्ञ परिषद सदस्य टिका पुन, कर्ण गौतम, हिसनबहादुर मगर, डक्टर किरात, वरिष्ठ नृत्य निर्देशक भैरवबहादुर थापा, के.पीपौडेल, राधेश्यामप्रधान, नारायणदेवीप्रधान,जोगेन्द्र केसी, आरसी कोइराला, वरिष्ठ समालोचक ईश्वरचन्द्र ज्ञवाली, अध्यतागोविन्दखनिया, नृत्य निर्देशक संघका उपाध्यक्ष शम्भु शाही, जनसांस्कृतिक संघ नेपालका अध्यक्ष भीम मल्लकुमाखीलगायत लालिगुराँस नेशनल एकेडेमी, एन्जल हार्टस् स्कूलतथा स्वेत सदनका विद्यार्थीहरुको उल्लेख्य उपस्थिति रहेको थियो । 
 

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार