• बुधबार ३-१३-२०८१/Wednesday 06-26-2024
खेलकुद

पाकिस्तानमाथि भारतको जित

काठमाडौं । टी–२० विश्वकपमा भारतले पाकिस्तानमाथि रोमाञ्चक जित हासिल गरेको छ । गएराती सम्पन्न खेलमा ११९ रनमा मात्रै सिमित भएको भारतले पाकिस्तानलाई ६ रनले पराजित गरेको हो ।

 

भारतले दिएको १२० रनको लक्ष्य पछाएको पाकिस्तानले २० ओभरमा ७ विकेट गुमाएर ११३ रन मात्र बनाए पछि भारतले खेल ६ रनले जितेको हो । प्लेयर अफ द म्याच जसप्रित बुमराह चार ओभरमा मात्र १४ रन दिएर तीन विकेट लिएर भारतको जितका नायक बने।

 

पाकिस्तानलाई ३० बलमा ३७ रन चाहिएको थियो र ६ विकेट बाँकी थियो तर भारतीय बलरले ३० रन दिएर पाकिस्तानलाई ७ विकेटमा कुल ११३ रनमा सीमित बनाएका थिए । टी-२० विश्वकपका आठ खेलमा पाकिस्तानमाथि भारतको यो सातौं र ओडीआई-टि-२० विश्वकपसहित १६ खेलमा पाकिस्तानमाथि भारतको १५औँ जित हो । 

 

यो जितपछि समुह ए मा रहेको भारतले लगातार दोस्रो जित हासिल गरेको छ । २ खेलमा ४ अंक हासिल गरेको भारत समुह ए मा शिर्ष स्थानमा रहेको छ । त्यस्तै पाकिस्तानले भने लगातार दोस्रो हार बेहोरेको छ । 

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार