• बुधबार ३-१३-२०८१/Wednesday 06-26-2024
मनोरञ्जन

हलमा ‘गाउँ आएको बाटो’ र ‘लण्डन टु पेरिस’

शुक्रबार दुई नेपाली चलचित्र प्रदर्शनमा आएका छन् । चलचित्र ‘गाउँ आएको बाटो’ र ‘लण्डन टु पेरिस’ प्रदर्शन भएका हुन ।  नवीन सुब्बा निर्देशित र दयाहाङ राईको शीर्ष भूमिका रहेको ‘गाउँ आएको बाटो’ले गाउँमा मोटरबाटो आएपछि बाबु–छोराको सम्बन्धमा आउने उतारचढावलाई चित्रण गर्छ । 

 

चलचित्र किराँत राई समुदायमा आधारित भए पनि बुबाले छोरालाई हुर्काउन गर्ने संघर्षको कथा हो । नवीन सुब्बा र महेश राईले मिलेर लेखेको चलचित्रमा दयाहाङ राई, पशुपति राई, प्रसन राई, केशव राई, सुमिन्त्रा राई, राज थापा, प्रेम सुब्बालगायतको अभिनय छ । 

 

‘ट्राभल लभस्टोरी’ को कथा प्रस्तुत गरेको चलचित्र ‘लण्डन टु पेरिस’ लाई घनश्याम लामिछाने निर्देशन गर्नुभएको हो । साम्राज्ञी आरएल शाह, निश्चल खड्का, कविर खड्का र गरिमा शर्मा सहित रूश्मा थापा, मनिष श्रेष्ठ, मनिष गान्धीलगायत कलाकारको अभिनय छ।
 

निश्चल र गरिमाले यही चलचित्रबाट डेब्यु गर्दैछन्। पटकथा र संवाद प्रदीप भारद्धाजले लेख्नुभएको हो भने अमित बस्नेतको निर्माण रहेको चलचित्रमा आरोन बस्नेत, एरियाना बस्नेत तथा परी राना निर्माता हुनुुहुन्छ । 

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार