• बुधबार ३-१३-२०८१/Wednesday 06-26-2024
देश/प्रदेश

विश्व वातावरण दिवसमा शान्ति समाजको वृक्षरोपण कार्यक्रम

काठमाडौं । वृक्षरोपणसहितका कार्यक्रम गरि मानव अधिकार तथा शान्ति समाजले ५२ औँ विश्व वातावरण दिवस मनाएको छ ।विश्व वातावरण दिवस ५ जुनका अवसरमा   मानव अधिकार तथा शान्ति समाजका रुपन्देही, काठमाण्डौ, पाल्पा, चितवन र नवलपुर शाखाले वृक्षरोपण र दाङ शाखाले सफाई कार्यक्रम गरेका थिए ।

 

 वातावरण संरक्षणको क्षेत्रमा सकारात्मक कदम चाल्ने आवश्यकताप्रति विश्वव्यापी रुपमा सचेतना फैलाउँदै, ध्यानाकर्षण गराउँदै ५ जुनलाई विश्व वातावरण दिवसका रुपमा मनाइन्छ । यो दिवस सकारात्मक परिवर्तनका लागि प्रेरित गर्ने वैश्विक मञ्च हो ।


सन् १९७२ को जुन ५ देखि १६ सम्म स्विडेनको राजधानी स्टकहोमममा मानव पर्यावरण सम्बन्धी राष्ट्रसंघीय सम्मेलन सम्पन्न भएको थियो ।वातावरण सम्बन्धी यो नै पहिलो विश्व सम्मेलन थियो जस्ले वातावरण संरक्षणमा केन्द्रीत रहि २६ वटा सिद्धान्तहरुसहित घोषणापत्र कार्ययोजना जारी गरेको थियो ।

 

 राष्ट्रसंघीय वातावरण कार्यक्रमको सिर्जना स्टकहोम सम्मेलनकै परिणाम थियो भने त्यस्को १ वर्षपछि ५ जुन १९७३ मा पहिलो विश्व वातावरण दिवस मनाइएको थियो ।

 

स्वच्छ वातावरण उपभोग गर्न पाउने अधिकार आधारभूत मानव अधिकार हो । जगतमुखी अभियानमा समर्पित मानव अधिकार तथा शान्ति समाजले २०६४ सालबाट जलवायु परिवर्तन र विश्वव्यापी उष्णताबाट परेको प्रभावबारे सचेतना र हिमालय बचाऔः नदी जोगाऊ आन्दोलन सञ्चालन गर्दै आएको छ ।

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार