• बुधबार ३-१३-२०८१/Wednesday 06-26-2024
देश/प्रदेश

आज विश्व वातावरण दिवस, ‘हाम्रो भूमि, हाम्रो भविष्य’ नारासहित देशव्यापी रूपमा मनाइँदै

काठमाडौं । आज विश्व वातावरण दिवस मनाइँदै छ। ‘हाम्रो भूमि, हाम्रो भविष्य’ नारासहित देशव्यापी रूपमा दिवस मनाइँदै छ। यसै अवसरमा वातावरणका क्षेत्रमा काम गर्दै आएका संघसंस्थाले विभिन्न  चेतनामुलक कार्यक्रम गर्दैछन्। 

 

दिवसका अवसरमा संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसले देशहरूले वातावरण संरक्षणका लागि गरेको प्रतिबद्धता पूरा गर्नुपर्नेमा जोड दिएका छन्।

 

उनले दिगो विकासको लक्ष्य भेट्न सन् २०३० सम्ममा वन फँडानीलाई कसरी रोक्ने भनेर आफ्नो नयाँ राष्ट्रिय जलवायु कार्य योजना प्रयोग गर्न पनि सुझाव दिएका छन्।पर्यावरण प्रति विश्व जगतमा सचेतना जगाउने उद्देश्य अनुरुप संयुक्त राष्ट्रसंघको आव्हानमा सन १९७३ देखि प्रत्येक वर्ष ५ जूनमा विश्व वातावरण दिवस मनाइन्छ।

 

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार