• मंगलबार ३-१२-२०८१/Tuesday 06-25-2024
अर्थ

मदिरा सेवन नगरे पनि मात लाग्ने रोग !

मदिरा सेवन गरेर गाडी चलाएको आरोपमा पक्राउ परेका एक बेल्जियन नागरिक केही साता अघि दोषमुक्त ठहरिएपछि उनीबारे निकै चर्चा भयो। चिकित्साशास्त्रीहरूको सहयोगमा ती ४० वर्षे पुरुषले आफू 'अटो-ब्रूअरी सिन्ड्रोम' (एबीएस) भनिने एउटा दुर्लभ खालको रोगबाट पीडित भएको प्रमाणित गरे। उक्त रोगमा शरीरभित्रै 'एल्कहोल' अर्थात् मदिरा बन्छ। एबीएस के हो तरु अनि कसरी एउटा कुकुरले एबीएसबाट पीडितलाई सघाउँछ ?

 

संयुक्त राज्य अमेरिकाको ओरिगन राज्यस्थित एउटा अस्पतालमा बिउँझिदा रे लूइसलाई दुइटा कुराको भेउ थियो। उनले मत्स्य तथा वन्यजन्तु मन्त्रालयको स्वामित्वमा रहेको ट्रक चलाएका थिए। एघार हजारवटा जीवित ुस्यामनु माछा बोकेको ट्रक दुर्घटनामा परेपछि आफू समस्यामा परेको उनलाई लागिहाल्यो। दोस्रो कुरा, सन् २०१४ को डिसेम्बरमा प्रहरीले उनको रगतमा उच्च मात्रामा मदिराको अंश देखिएको बताए पनि त्यो रात उनले मदिरा सेवन गरेका थिएनन्।

 

“मैले मदिरा छोएकै थिइनँ। ठिहिर्‍याउने जाडोमा दुई घण्टासम्म गाडी चलाउनुपर्छ भन्ने कुरा मलाई थाहा थियो,” ५४ वर्षीय सम्झन्छन्। घटना भएको आठ महिनापछि परीक्षणबाट थाहा भयो यी बायो(टेक्निसियनलाई "एबीएस' भएको देखियो। उक्त दुर्लभ रोगका कारण शरीरमा 'मदिरा' उत्पादन हुँदो रहेछ।

 

एबीएस अर्थात्‌ गट फर्मेन्टेशन सिन्ड्रोम (जीएफएस) एकदमै रहस्यपूर्ण अवस्था हो जसले रगतमा एल्कहोलको मात्रा बढाइदिन्छ। त्यसका कारण उक्त समस्या भएका व्यक्तिले थोरै मदिरा सेवन गर्दा अथवा सेवन नगर्दा पनि मात लाग्छ। पेटभित्र, मूत्रप्रणाली अथवा मुखमा हुने ब्याक्टेरियाले सेवन गरिएको काब्रोहाइड्रेट र चिनीलाई मदिरामा परिवर्तन गरेपछि यो अवस्था उत्पन्न हुन्छ। शरीरभित्रै मदिरा बन्ने यो प्रक्रियालाई ‘एन्डोजिनस एल्कहोल प्रोडक्शन’ भनिन्छ।

 

यस्तो समस्या हुने व्यक्तिको बोली लर्बराउन सक्छ, हिँड्दा सन्तुलन नमिल्न सक्छ भने ह्याङ्ओभर हुँदा अर्थात् मात ओर्लिसकेपछि मुख गन्हाउन सक्छ। सन् १९४० को दशकमा यूगान्डाका चिकित्सकहरूले एउटा शवपरीक्षणपछि ब्रिटिश मेडिकल जर्नलमा लेखेपछि उक्त समस्या भएको पत्ता लागेका प्रारम्भिक व्यक्तिबारे थाहा भएको हो। ती व्यक्ति भुँडी फुटेर ज्यान गएका एक पाँच वर्षमा एबीएस भएको थियो। शल्यक्रिया गर्दा उनको पेटबाट मदिराकै कडा गन्ध निस्किएको थियो। बीबीसी

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार