• मंगलबार २-१५-२०८१/Tuesday 05-28-2024
देश/प्रदेश

अधिकांश स्थानमा आज पनि वर्षाको सम्भावना

काठमाडौँ । पछिल्ला केहिदिन देखी देशका धेरै स्थानमा लगातार वर्षा भइरहेको छ । हाल नेपालमा पश्चिमी वायु, साथै न्यून चापीय प्रणालीको प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

 

जसको प्रभावले गण्डकी, बागमती, लुम्बिनी र कर्णाली प्रदेशको एक–दुई स्थानमा चट्याङ्ग सहित हल्कादेखि मध्यम वर्षा भइरहेको छ।देशका केही स्थानहरूमा चट्याङ्ग र हावाहुरीसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ।

 

वर्षाका कारण गर्मी कम भएको छ भने वायु प्रदुषण पनि कम भएको छ ।उच्च पहाडी तथा हिमाली भूभागका केही स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ। 

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार