• आइतबार १-२-२०८१/Sunday 04-14-2024
मनोरञ्जन

तुलसी सिवाकोटी र रोशनी कार्की अभिनित 'काठमाडौंमा ' सार्वजनिक

काठमाडौँ । गायक तुलसी सिवाकोटीको नयाँ गीत 'काठमाडौंमा 'को बिमोचन गरिएको छ । काठमाडौंमा आयोजित एक कार्यक्रम बीच रास्ट्रिय  प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देन, साहित्यकार रामबाबू सुवेदी ,संगीतकार संघ नेपालका अध्यक्ष चेतन सापकोटाले सयुक्त रुपमा गीतको  बिमोचन गर्नु भएको हो ।


लामो समय देखि युरोपमा बस्दै आउनु भएका गायक सिवाकोटीको गीत 'काठमाडौंमा' शब्द ,संगीत लोकप्रिय संगीतकार दीपक शर्माको रहेको छ भने नरेन्द्र वियोगीले गीतलाई एरेन्ज गरेका हुन् ।


कार्यक्रममा गायक सिवाकोटीले सर्जकहरु लाइ पनि सहयोग होस् भनेर आफुले हरेक पटक स्टेज सो हरुमा 'काठमाडौंमा' गीतलाई गाउदा यसका सर्जक दीपक शर्मालाइ पनि केहि प्रतिशत रकम छुट्याएर हस्तान्तरण गरिने घोषणा गर्नु भएको थियो सो कार्यको संगीतकार चेतन सापकोटा पनि प्रसंसा गर्नु भएको थियो ।


बिशेषत सुदुरपश्चिम र कर्णालीबाट काठमाडौंको जीवन शैलीलाइ नियाल्न खोजिएको गीतमा नेपाली ठेट शब्द र लयलाइ प्रयोग गरिएको छ ।गायक तुलसी सिवाकोटी र रोशनी कार्कीको अभिनय रहेको  'काठमाडौंमा' भिडियोलाइ तुलसी सिवाकोटीको अफिसियल युट्युब च्यानल मार्फत सार्वजनिक गरिएको हो । उत्तम हुमागाईंको सिनेमाटोग्राफी ,माधव बेल्बासेको सम्पादन रहेको भिडियोलाई  प्रहिल कार्कीले निर्देशन गरेका हुन्।
 

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार