• आइतबार १-२-२०८१/Sunday 04-14-2024
देश/प्रदेश

सदस्यता टुंगो नलगाइ महासंघको अधिवेशन नगर्न युनियनको माग

सुनसरी । चैत्र १६ र १७ गते सुनसरीमा बसेको पूर्ण बैठकले सदस्यता टुंगो नलगाइ नेपाल पत्रकार महासंघको महाधिवेशन मिति घोषणा गरिएकोप्रति ध्यानाकर्षण भएको पनि जनाएको छ ।

 

शनिबार साँझ युनियनका महासचिब दिलिप पौडेलद्धारा जारी विज्ञप्तिमा महासंघले सुरु गरेको सदस्यता शुद्धीकरण अभियानमा युनियनको पूर्ण साथ र सहयोग रहेको जनाउँदै महासंघले सदस्यता टुंगो नलगाईकन जिल्ला, प्रदेश र केन्द्रीय अधिवेशन घोषणा गरेकोमा युनियनको गम्भीर ध्यानाकर्षण भएको जनाइएको छ ।

 

‘सदस्यता र मतदाता नामालीको टुंगो लगाएर मात्र नेपाल पत्रकार महासंघका जिल्ला, प्रदेश र केन्द्रको अधिवेशन गर्न युनियन आग्रह गर्दछ । पत्रकार महसंघको सदस्यता टुंगो नलगाई अधिवेशनहरू गरेमा उत्पन्न परिस्थितिको जवाफदेही नेपाल पत्रकार महासंघ नै हुने युनियनको ठहर छ,’ विज्ञप्तिमा भनिएको छ ।

 

त्यस्तै बैठकले नेपाल पत्रकार महासंघका संस्थापक सभापति कृष्णप्रसाद भट्टराई रहेको विषय विवादरहित र निशंक रहेको र संस्थापक सभापतिको विषयमा पत्रकार महासंघको इतिहास र गरिमा, पर्याप्त तथ्य र प्रमाण हुँदाहँुदै कुनै प्रकारका विवाद सिर्जना नगर्न युनियनले आग्रह पनि गरेको छ ।

 

त्यस्तै श्रमजिवी पत्रकार ऐन कार्यान्वयन, न्यूनतम पारिश्रमिक वृद्धि, नियमित पारिश्रमिकको भुक्तानी, पेशागत सुरक्षा तथा आर्थिक, सामाजिक सुरक्षाका विषयमा युनियन गम्भीर र चिन्तित रहेको उल्लेख गर्दै विभिन्न सञ्चारमाध्यममा कार्यरत श्रमजिवी पत्रकारहरुले लामो समयदेखि नियमित पारिश्रमिक पाउन नसकेको, कतिपय सञ्चारमाध्यममा न्यूनतम पारिश्रमिक कार्यान्वयनसमेत हुन नसकेको विषयमा युनियनको ध्यानाकर्षण भएको जनाएको छ ।

 

श्रमजिवी पत्रकार ऐन कार्यान्वयन गर्न पत्रकारलाई नियमित पारिश्रमिक उपलब्ध गराउन र कानुनमा भएको व्यवस्था अनुसार तलब सुविधा उपलब्ध गराउन सञ्चार प्रतिष्ठानलाई युनियनले आग्रह गरेको छ ।नेपाल प्रेस युनियन केन्द्रीय समिति बैठकले १० बुँदे सुनसरी घोषणा पत्र जारी गरेको छ ।

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार