• आइतबार १-२-२०८१/Sunday 04-14-2024
देश/प्रदेश

रुसमा श्रम स्वीकृति दिएको भन्दै काग्रेस नेता प्रदीप पौडेलको आपत्ति

काठमाडौं । नेपाली कांग्रेसका सांसद प्रदीप पौडेलले श्रम मन्त्रालयले रुसको श्रम स्वीकृति दिएको भन्दै आपत्ति प्रकट गरेका छन । सोमबार प्रतिनिधिसभा बैठकको विशेष समयमा उहाँले मानव तस्करलाई अनुकूल हुने गरी श्रम स्वीकृति दिइएको आरोप समेत लगाए ।

 

यस्तै उनले रुसी सेनामा रहेका नेपालीहरुको उद्दारमा सरकारले पहल नगरेको पनि बताए। रुसी सेनामा कति संख्यामा नेपाली छन् भन्ने समेत सरकारलाई थाहा नभएको उनको भनाइ छ ।

 

‘नेपालीहरु रुसी सेनामा छन् भन्ने सरकारलाई थाहा छ । तर कति संख्यामा छन् रु अवस्था के छ रु आफन्तहरु कसरी बासिरहेका छन् भन्नेमा सरकार बेखबर छ,’ उनले भने ।

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार