• आइतबार १-२-२०८१/Sunday 04-14-2024
मनोरञ्जन

चलचित्र ‘बद्री बहादुर’को गीत सार्वजनिक

काठमाडौं । शोभित बस्नेत निर्देशित चलचित्र ‘बद्री बहादुर’को गीत ‘मेरो जिवनको’ रिलिज गरिएको छ । कमेडी फ्लेवरमा तयार पारिएको फिल्मको गीतमा प्रमुख कलाकारहरु जयकिशन बस्नेत, छुल्ठिम गुरुङ, राजीवजंग बस्नेत र एलिना गुरुङ फिचर्ड छन् । फिल्म यही चैत २३ गते रिलिज हुँदैछ ।

 

गीतमा उजन नेम्बाङको स्वर, शब्द र संगीत छ । केही समयअघि फिल्मलाई बलिउड कमेडियन कपिल शर्माले शुभकामना दिएपछि फिल्मको चर्चा चुलिएको थियो । फिल्मका अभिनेता राजीव फिल्मबाट आशावादी छन् ।

 

सञ्चारकर्मी तथा विकास बोर्डका सदस्य समेत रहेका रवि अधिकारी कार्यकारी निर्माता रहेको फिल्म एबी पिक्चर्स फार्म र सलोन सलिना फिल्मसको ब्यानरमा निर्माण भएको हो । विजय गोपाल दली प्रस्तुतकर्ता र मिथुन भोटे फिल्मको निर्मातामा छन् ।

 

चलचित्रमा जयकिसन बस्नेत, एलिना गुरुङ, छुल्ठिम गुरुङ, राजीव जंग बस्नेत, धिरेन शाक्य, उत्तम केसी, वर्षा चौलागाई र निर्देशक शोभित बस्नेत स्वयं देखिएका छन । 


फिल्ममा टंक बुढाथोकी र उजन नेम्वाङको संगीत, रामकाजी घिमिरे लेखन, शंकर महर्जनको द्वन्द्व निर्देशन तथा समिर मियाँ सम्पादन छ । आरआर फिल्म्सले वितरण गर्ने फिल्र्म काठमाडौं, लमजुङ, धरान र संखुवासभा क्षेत्रमा छायांकन गरिएको हो । फिल्मका मुख्य सहायक निर्देशक रामजी राउत र ज्ञानकुमार कट्टेल हुन् ।

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार