• आइतबार १-२-२०८१/Sunday 04-14-2024
मनोरञ्जन

घर ज्वाइँ फिल्मको दुई डिजाइनका क्यारेक्टर लुक्स

काठमाडौं । घर ज्वाइँ फिल्मको दुई डिजाइनका क्यारेक्टर लुक्स आइतबार सार्वजनीक गरिएको छ । अनिल बुढा मगर निर्देशीत फिल्मको एउटा लुक्समा बन्दुक बोकेका अभिनेता दयाहाङ राई रिसाहा अवतारमा प्रस्तुत भएका छ्न भने अर्कोमा उनी अभिनेत्री मिरुना मगरका साथ डोकोहरु बोकेर हिडिरहेको देखिन्छ । दयाहाङ र मिरुना दुवैको लुक्स अर्गानीक लाग्छ ।

 

पूर्वी रुकुमका विभिन्न रमणीय स्थानहरुमा करिव एक महिना छायांकन गरिएको घरज्वाँइझको निर्माता जनक घर्ती मगर हुन । निर्देशक अनिल बुढाको कथा अनि पटकथा,संवाद लेखनमा उनलाई बिनोद खतिवडा र सुभाष कोइरालाले सघाएको फिल्म सुसन प्रजापतिले खिचेका हुन ।

 

असार २८ गते प्रदर्शन हुने फिल्ममा दयाहाङ र मिरुनाका साथमा बुद्धि तामाङ,पुष्कर गुरुङ,शिशिर बाङ्देल,भोलाराज सापकोटा,खड्कबहादुर पुन (खबपु),राज थापा,कविता आले,शिला आले,अनु थापा,बिना थापा मगर,सोनाम लामा,बिबेश बुढा मगर,सुनिल मगरले अभिनय गरेका छ्न ।

 

जिएम मुभिजको ब्यानरमा निर्मित फिल्मका गीतमा हर्क साउद र मनोज थापाको शब्द,संगीत, रामजी लामिछानेको कोरियोग्राफी छ । कृष्ण भन्डारीले सम्पादन गर्ने फिल्मको डिजिटल पार्टनर बुढा सुब्बा डिजिटल हो । एमएसएनले अन्तरास्ट्रिय प्रदर्शन अधिकार लिइसकेको फिल्मलाई आर आर फिल्मले बितरण गर्ने छ ।

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार