• आइतबार १-२-२०८१/Sunday 04-14-2024
देश/प्रदेश

पूर्ण प्रेस स्वतन्त्रता पछिल्लो समय चुनौतीपूर्ण बन्दै

ललिता साह,काठमाण्डौं । नेपालको प्रेस स्वतन्त्रतामा नेपाल पत्रकार महासंघको अहमभूमिका रहँदै आएको गौरवपूर्ण इतिहास र वर्तमान रहेको कार्यक्रमका वक्ताहरूले बताएका छन्। 


नेपाल पत्रकार महासङ्घको ६९औ स्थापना दिवसको अवसरमा शुक्रबार केन्द्रीय कार्यालयले आयोजना गरेको चियापान कार्यक्रममा बोल्दै वक्ताहरुले संवैधानिक तवरले विश्वको थोरै मुलुकले पाएको पूर्ण प्रेस स्वतन्त्रता नेपालीले पाएको बताए ।

 

 राष्ट्रको विकास , समृद्धि र नागरिकको उत्थानमा हामी मर्यादित र इमान्दार प्रयास स्वरूप यो अवसरलाई हामी कसरी उपयोग गर्दै गरेको पक्ष नियाल्नै पर्ने हुन्छ । इतिहास र बर्तमान हेरि रहँदा हामी आँखा चिम्म गर्ने वितिकै यो स्वतन्त्रता धरापमा पार्न राज्य पक्षको नियत देखिन्छ । यसर्थ हामी सचेत रहनुपर्छ । नेपालको पत्रकारिताको विकास र अभ्यास विश्वकै निम्ती सराहनाको विषय बनेको छ । पत्रकार र पत्रकारिताको बृहत्तर विकासमा लाग्नुपर्ने महासंघका पूर्व अध्यक्ष तथा वरिष्ठ पत्रकार हरिहर विरहीले सुझाएका छन् ।



संविधानको प्रस्तानाले नै स्थापित गरेको पूर्ण प्रेस स्वतन्त्रता कार्यन्वन गर्न पछिल्ला समय चुनौतीपूर्ण बन्दै गएको महासंघको पूर्व अध्यक्ष धमेन्द्र झाले बताए । महासंघ कमजोर भएको वेला नेपाली पत्रकारले दुःख पाएको अवस्थाहरु कसैबाट  छिपेको छैन यसर्थ श्रमजिवी पत्रकारको समस्यामा महासंघ नेतृत्वले वाद भन्दा माथि उठेर काम गर्नुपर्ने प्रेस चौतारी नेपालका अध्यक्ष गणेश बस्नेतले भने सत्ता र राजनैतिक भागबण्डा जता गए नि प्रेस  स्वतन्त्रता र सता खबरदारीमा हामी एकमत राखेर अघि बढ्नुपर्ने अध्यक्ष बस्नेतले बताए ।

 

 महासंघको विधानले देखाएको समावेशिताको अनुहार उदाहरणीय रहेको न्यूनतम पारिश्रमिक निर्धारण समितिको अध्यक्ष संगिता खड्काले बताए । पछिल्ला दिनमा मिडिया कन्टेन्टले मर्यादित पत्रकारितालाई चुनौति दिंदै आए पनि धेरै आतिनुपर्ने अवस्था छैन । छापा माध्यम संकटमा देखिए पनि त्यसको विकल्प अपनाउन सकिन्छ महासंघको पहिचान जोगाइराख्न पत्रकारिता बचाउन आवश्यक रहेकोले सदस्यता शुद्धिकरण अभियानलाई निष्कर्षमा पुर्याउन प्रेस काउन्सिल नेपालको अध्यक्ष वालकृष्ण बस्नेतले सुझाव दिए।


समावेशिताको  सिद्धान्तलाई कार्यन्वन गर्नुपर्ने वेला आएको छ ।ऐजेण्डा सेटिङको भूमिकामा पछिल्लो पत्रकारिता कसरी प्रस्तुत भइरहको छ । मिडियाप्रतिको दृष्टिकोण खोत्लिनुपर्ने आजको आवश्यक्ता रहेको महासंघको सल्लाहकारद्वय निर्मला शर्मा र डाक्टर महेन्द्र विष्टले बताए । पत्रकारको अस्तित्व रक्षा पत्रकारिताको व्यवसायिक पहिचान बचाउनुपर्ने पत्रकार जोगाउनु पर्ने छ अन्यथा केही वर्षभित्र पत्रकार भेटिन्न मुस्किल पर्ला भन्दै महासंघका पूर्व अध्यक्ष शिव गाउँलेले चिन्ता व्यक्त गरे ।

 


महासंघ नेतृत्वले महाधिवेशनको तिथि मिति तय गरिरहँदा एजेण्डा केन्द्रित रुपमा महाधिवेशन सफल बनाउन देशकै ७७ शाखालाई महाधिवेशनकै प्रकृयामा होमिन महासङ्घका वरिष्ठ उपाध्यक्ष रमेश बिष्टले आह्वान गरेका छन् ।

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार