• आइतबार १-२-२०८१/Sunday 04-14-2024
देश/प्रदेश

उद्घोषणकला तथा क्षमता अभिवृद्धि  तालिम सम्पन्न 

काठमाडौ । नारी एकता शक्ति केन्द्र बर्दियाको आयोजनामा  सञ्चालन भएको उद्घोषणकला तथा क्षमता अभिबृद्वी तालिम सम्पन्न भएको छ । तीन दिन सम्म बर्दियाको पर्यटकिय स्थल ठाकुरद्वारामा सञ्चालन भएको तालिम सम्पन्न भएको हो । तालिममा शक्ति केन्द्रका पदाधिकारी ,लगायत विभिन्न सहकारी संस्थाका पदाधिकारी तथा कर्मचारीको सहभागीता रहेको थियो ।

 

तालिमको समापन गर्दै प्रमुख अतिथि तथा प्रशिक्षक पत्रकार तथा युवा उत्प्रेरक व्यक्तित्व सुष्मा पौडेलले सिकेका कुरा व्यवहारमा उतार्न अनुरोेध गरिन् । अधिवक्ता समेत रहेकी पौडेलले सकारात्मक सोच, क्षमता अभिवृद्धि , उद्घघोषणकला, भाषणकला लगायतका विषयमा सहजिकरण गरेकी थिइन । तालिमका सहभागीलाई प्रमुख अतिथि  पौडेलले हस्तान्तरण गरेकि थिएन ।  शक्ति केन्द्रका अध्यक्ष मेनका पौडेलको अध्यक्षतामा सम्पन्न कार्यक्रममा उपाध्यक्ष दुर्गा सापकोटा ले स्वागत व्यक्त गरेकी थिइन भने सञ्चालन मिथिला थापाले गरेकी थिइन । 

 

तालिम सञ्चालन गर्न उज्यालो नेपाल ,नेउलापुर साना किसान कृषि सहकारी संस्था ,शिवपुर साना किसान कृषि सहकारि संस्था,हाम्रो साना किसान कृषि सहकारि संस्था,हाम्रो मध्यवर्ति बचत तथा ऋण सहकारी संस्था ,मालिका बचत तथा ऋण सहकारि संस्था ,प्रगति बचत तथा ऋण सहकारी संस्थाले सहयोग गरेका थिए । कार्यक्रमको उद्घाटन लुम्बिनी प्रदेश सदस्य जन्मजयतिमिल्सिनाले गरेका तिए भने विशिष्ट अतिथि उज्यालो नेपालका अध्यक्ष नवराज न्यौपाने लगायतले बोलेका थिए । 

 

 नारी एकता शक्ति केन्द्रले महिलाहरुको क्षेत्रमा बिबिध कार्यक्रम सञ्चालन गर्दै आएको । यसअगाडी पाठ्यघरको क्यान्सर परिक्षण शिवीर सीप विकासका लागी विभिन्न तालिम समेत सञ्चालन गर्दै आएको छ ।

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार