• शनिबार ११-१२-२०८०/Saturday 02-24-2024
देश/प्रदेश

आज सोनाम ल्होसार मनाइँदै

काठमाडौं।  आज तामाङ समुदायले विविध कार्यक्रम आयोजना गरी हर्षोल्लासपूर्वक सोनाम ल्होसार मनाउँदै छन्।

 

आजदेखि मुसा वर्ष पूरा गरी गाई वर्ष प्रवेश हुँदैछ। प्रत्येक वर्ष माघ शुक्ल प्रतिपदाका दिन विभिन्न कार्यक्रम गरी सोनाम ल्होसार मनाइन्छ। मुसा, गाई, बाघ, खरायो, ड्रागन , सर्प, घोडा, भेडा, बाँदर, चरा, कुकुर र सुँगुर गरी १२ वर्गमा सोनाम ल्होसारलाई विभाजन गरिएको छ।

सामाजिक, सांस्कृतिक, जातीय र धार्मिक विविधताले सम्पन्न  सुन्दर मुलुक नेपालमा रहेका विभिन्न भाषा, धर्म, वर्ण, सम्प्रदाय, जात–जातिको आ–आफ्ना विशिष्ट सस्कति र परम्परा रहेका छन् । सदैव एकले अर्काको धर्म, भाषा, संस्कृति र परम्पराको सम्मान र आदर गर्ने हाम्रो आफ्नै विशिष्ट पहिचान पनि रहेको छ । 

 

ल्होसारमा १२ वटा जीवजन्तुका नामबाट ल्हो खोर्लो अर्थात् वर्ष चक्रका आधारमा हरेक वर्ष पुरानो वर्षलाई बिदाइ र नयाँ वर्षलाई स्वागत गरी धार्मिक र सांस्कृतिक विधिअनुसार यो पर्व मनाउने गरिन्छ।

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार