• शनिबार ११-१२-२०८०/Saturday 02-24-2024
मनोरञ्जन

टिका प्रसाई र सञ्जीव पराजुलीको आवाजमा 'बरू मौनता बढोस्' सार्वजनिक

काठमाडौं । चर्चित गायिका टिका प्रसाई र गायक सञ्जिव पराजूलीको आवाज रहेको नयॉ गीतको भिडियो सार्वजनिक भएको छ । भ्यालेन्टाइन सप्ताहको अवसर पारेर गीत यूटुवमार्फत सार्वजनिक गरिएको हो ।

 

 'बरू मौनता बढोस् बरू खटपटी चलोस  तर, मन टाढा नहोस, माया झन्ञ्झन् गाढा बनोस्' बोलको यो गीतमा शिखर शन्तोषको शब्द तथा आनन्द अधिकारीको संगीत रहेको छ । दुई पुस्ताका प्रेमजोडीहरूको प्रेमलाई भावपुर्ण ढंगले देखाईएको भिडियोलाई दिनेश डिसीले निर्देशन गरेका छन् भने जनक खड्काले मुख्य सहायक निर्देशन गरेका छन् ।

 

सरोज खनाल, शर्मिला मल्ल, महेश खड्का, निशा कार्की र अनुरोध अधिकारीको अभिनय रहेको उक्त भिडियोलाई ज्ञानेन्द्र हुमागाईले छायांकन गरेका छन् भने नहकुल खड्काले सम्पादन गरेका छन् । भिडियोमा रमेशमान श्रेष्ठको भिएफ्एक्स, अनन्त घिमिरेको रंग संयोजन तथा नन्दा अधिकारीको शृङ्गार रहेको छ ।

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार