• शनिबार ११-१२-२०८०/Saturday 02-24-2024
देश/प्रदेश

चितवनको गड्यौलीमा बस दुर्घटना : २२ जना घाइते

भरतपुर । चितवनमा बस दुर्घटनमा परेर २२ जना घाइते भएका छन् । पूर्वपश्चिम राजमार्गअन्तर्गत राप्ती नगरपालिका–२ गड्यौलीमा रौतहटबाट काठमाडौंतर्फ आउदै गरेको बा प्र ०१–००६ ख २००४ नं बस गए राति सडक छेउमा रोकिराखेको प्र २०३–००१ ख ७३१२ नं को ट्रकसित ठोक्किएको जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनका प्रमुख सुरेश सुवेदीले जानकारी दिए ।

 

घाइते सबै बसका यात्रु रहेको सुवेदीको भनाइ छ । घाइतेमध्ये दुई जनाको अवस्था गम्भीर रहेको छ । घाइतेको चितवन मेडिकल कलेज भरतपुरमा उपचार भइरहेको छ । बसका चालक फरार रहेको र खोजीकार्य जारी रहेको प्रमुख सुवेदीले जानकारी दिए ।

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार