• शनिबार ११-१२-२०८०/Saturday 02-24-2024
मनोरञ्जन

गिरिशको शब्द र संगीतमा सोना अमात्यको ‘आइ एम द सुपरस्टार सार्वजनिक

काठमाडौं ।गायिका सोना अमात्यले चर्चित ¥यापर गिरिश खतिवडा र तिब्र ¥यापरको पहिचान बनाएका बुलेट फ्लोसँगको सहकार्यमा नयाँ गीत ‘आइ एम द सुपरस्टारञ सार्वजनिक गरेकी छन् ।

 

सार्वजनिक गीतमा सुरज विक्रम थापा(बुलेट फ्लो) र गिरिश खतिवडाको शब्द एवम् संगीत रहेको यस गितमा खतिवडा संगै ओ२एमएल९पीग इ प्रोड०ले प्रतिध्वनि दिने ताल निकालेका छन् । भारतीय चर्चित निर्देशक विशाल खरातले निर्देशन गरेका उक्त भिडियो नेपाली दर्शकको लागि खास बन्न सक्छ।

 

निर्देशक खरातले कथावाचनलाई उत्कृष्ट रुपले पस्केका छन् । गितको भिडियोलाई आलोक शुक्लाले छायांकन र विशाल खरातले सम्पादन गरेका छन् । भिसी स्टुडियो, मुम्बईले अनलाइन व्यवस्थापन गरेको भिडियोको ग्रेडिङ सीएएच फोर स्टुडियोले गरेको छ ।

 

फुल सर्कल को प्रस्तुति रहेको यस गितको भिडियोमा इश्वर बल्लभ उप्रेतीको निर्माण संयोजक, प्रशान्त तामाङ र इश्वर बल्लभ उप्रेतीको कोरियोग्राफी रहेको यस गितमा गायिका सोना अमात्य, चर्चित ¥यापर गिरिश खतिवडा र तिब्र ¥यापरको बुलेट फ्लोको अभिनय देख्न सक्छौ ।

 

सोना विशेषत पप, लोक, शास्त्रीय, आधुनिक गायनमा परिचित छिन् । गीतको कथाले सबै भित्रको जन्मजात सुपरस्टारलाई जोड दिएको छ । गीतले दर्शक श्रोतामाझ प्रतिध्वनि गर्नेमा गायिका सोना विश्वस्त छिन् । गितको भिडियोलाई सोना अमात्यको अफिसियल युटुब च्यानल बाट सार्वजनिक गरिएको छ।

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार