• शनिबार ११-१२-२०८०/Saturday 02-24-2024
अर्थ

निर्यात व्यापारलाई देशको अर्थतन्त्रको मेरुदण्डका रुपमा विकास गर्न आवश्यक

 काठमाडौं । निर्यात व्यवसायीमहासंघ नेपाल (फिन) ले आफनो स्थापनादिवस तथा चौथो बार्षिकोत्सव समारोह भव्यतापूर्वक सम्पन्न गरेको छ । उक्तचौथो बार्षिकोत्सव कार्यक्रम बुधबार काठमाडौंमा  सम्पन्न भएको हो ।

 

फिनका अध्यक्षशंकर प्रसाद पाण्डेको अध्यक्षता तथा अर्थ मन्त्री डा. प्रकाश शरण महतको प्रमुख आतिथ्यतामा सम्पन्न बार्षिकोत्सव कार्यक्रममा नेपाल सरकारका मुख्य सचिव बैकुण्ठ अर्याल, सांसद् गणेश पराजुली, नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्षचन्द्र प्रसाद ढकाल, नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष राजेन्द्र मल्ल विशिष्ठ अतिथिहुनुहुन्थ्यो ।

 

कार्यक्रममा वाणिज्य सचिव नारायणप्रसाद शर्मा दवाडी, राष्ट्रिय योजना आयोगका सचिव तोयानारायण ज्ञवाली, नेपाल उद्योग वाणिज्य महासंघका बरिष्ठ उपाध्यक्ष अन्जन श्रेष्ठ, उपाध्यक्ष हेमराज ढकाल, नेपाल सरकारका उच्च पदस्थ अधिकारीहरु, फीनका सल्लाहकार पूर्व अर्थमन्त्री डा. युवराज खतिवडा, पूर्व सचिवचन्द्र कुमार घिमिरे, युरोपियन युनियनका नेपाल प्रतिनिधि एवं राजदुतहरु अतिथिका रुपमा कार्यक्रममा सहभागी हुनुहुन्थ्यो । 


कार्यक्रममा अर्थमन्त्री डा. प्रकाश शरण महतले आर्थिक वृद्धि, रोजगारी सृजना, राजश्व बृद्धि, र दिगो विकासलाई प्रवर्द्धनगर्न निर्यातकर्ताहरूले खेल्दै आएको भूमिका महत्वपूर्ण रहेको उल्लेख गर्नु हुँदै निर्यात व्यापारलाई देशको अर्थतन्त्रको मेरुदण्डका रुपमा विकास गर्न आवश्यक रहेको औंल्याउनुभयो ।

 

अर्थमन्त्री डा. महतले महासंघको भूमिकाको प्रशंसा गर्दै भन्नुभयो ”तमामनिर्यात व्यवसायी साथीहरुको समर्पण र कडा परिश्रमले विश्वबजारमा नेपालीउत्पादनको बजार मागउकास्न र हाम्रो निर्यात क्षमताविस्तार गर्न महत्वपूर्ण योगदान रहदै आएको छ’ । 


मन्त्रीमहतले निर्यात व्यवसायीमहासंघ नेपालकाअध्यक्षले उठान गर्नुभएको सवालहरु सबै जायज मागहरु रहेको उल्लेख गर्नुहुँदै सरकारले चाहदाचाहदै पनि देशमा आर्थिक स्रोतको कमीका कारण तत्काल संबोधनगर्न नसिएको र निकट भबिष्यमा निर्यातकलाई सहुलियत उपलब्ध गराईने प्रतिबद्धता व्यक्तगर्नुभयो । त्यसैगरि उहाँले भारतसँगको व्यापार सम्झौताबाट फाईदा लिन छाडेर साफटाको बिषय उठाउन आवश्यक नरहेको प्रष्ट पार्नुभयो ।

 


उहाँले निर्यात क्षेत्रको भविष्य निकै राम्रो रहेको बताउनुहुँदै निर्यातमुखी अर्थतन्त्रकालागि सरकारले वातावरण तयार पार्न सक्दो प्रयास जारी राख्ने समेत उल्लेख गर्नुभयो । डा. महतले नेपाली उत्पादनहरु उच्च प्रविधियुक्त भन्दा पनि मौलिक हुनुपर्नेमा जोड दिनुभयो ।


 सो अवसरमा निर्यात व्यवसायी महासंघ नेपालका अध्यक्ष शंकर प्रसाद पाण्डेयले पहिला के के भयो भएन भन्नेमा भन्दाअब कसरी अगाडी बढ्ने भन्ने चर्चा गर्नु बढी सान्दर्भिक र व्यावहारिक हुने उल्लेख गर्नुहुँदै निर्यात वृद्धिका लागि लक्ष्य तोकी काम गर्न सक्ने विभाग तथा शाखा नहुँदा यो क्षेत्र सधै उपेक्षित रहेको औंल्याउनुभयो । 

 


अध्यक्ष पाण्डेले निर्यात वृद्धिका लागी सहुलियतपूर्ण ऋणको व्यवस्था मिलाउन माग राख्नुहुँदै यस प्रकारको सुविधाले निर्यातमा उल्लेख्य वृद्धि हुने दाबीगर्दै भन्नुभयो ”निर्यात वृद्धिको लागी बढीमा साढे ६ व्याजदरमा सहुलियत पूर्ण ऋणको व्यवस्थागर्न जरुरी छ । ऋणको लागि चाहिने रकमको श्रोत पहिचान गर्न एवं कार्यविधि बनाई पूर्ण सदुपयोग हुने गरी कार्यान्वयनमालाने कुरामाहामी सहयोग गर्न सदैव तयार छौ । अर्को हामीले निर्यात वृद्धिका लागी एउटा छुट्टै निर्यातलाई सहयोग पुग्ने खालको निर्यात नीतिको तर्जुमा गरी कार्यान्वयनमा ल्याउन जरुरी देखेका छौं”। 


 त्यस्तै उहाँले सरकारले दिने नगद अनुदान रकम कम हुँदा साना उद्यमीहरुले अनुदान पाउन नसकेकोले अनुदान रकम बढाउनु पर्ने, निर्यात क्षेत्रका निम्ति छुट्टै एफडिआई नीतिल्याउनुपर्ने, नेपालमै बिक्री केन्द्र र अन्तराष्ट्रि«य स्तरको मेला आयोजना गर्न घर, लिजमा जग्गा उपलब्ध तथा एक्पोर्ट भिलेजको आवश्यक रहेको, निर्यात जन्य केहि वस्तुको कच्चा पद्धार्थ आयातमा भन्सार बृद्धि भएकाले सोको पुनरावलोकन हुनु पर्ने, ऊनी, कपास र तरकारीमा लगाईएको मुल्य अभिबृद्धि कर हटाउनुपर्ने, कर छुट कायम राख्नुपर्ने माग राख्नुहुँदै बजेटले निर्यात भएपछि स्वतःनिर्यात कम्पनीको खातामा निर्यात अनुदान जम्मा हुने स्वचालित प्रणाली, निर्यातलाई व्यवस्थित गर्ने स्थायी संयन्त्रको व्यवस्था लगायतका विषयलाई बजेटले सम्बोधन गर्न नसकेको र समग्र बजेट सकारात्मक रहने भए पनि कार्यान्वयनमा भने समस्या रहदै आएको उल्लेख गर्नुभयो ।

 
अध्यक्ष पाण्डेले निजी क्षेत्रको प्रयासबाट दाँयारा बढाउदै निर्यात व्यवसायीहरुले १५५ देशसम्म नेपालका उत्पादन नियमित निकासी गर्दै आएको जनाउनुहुँदै १२८ देशसँग नेपालको व्यापार घाटा रहेको जानकारी समेत गराउनुभयो । 


कार्यक्रममा नेपाल सरकारका मुख्य सचिव डा. बैकुण्ठ अर्यालले हुलाक मार्फत ई कमर्सलाई दुरदराज देखी विश्वसम्म जोडन सकिने हुँदा यसको प्राविधिक पक्षको सबलीकरणमा सरकारले जोड दिएको उल्लेख गर्नुभयो । साथै उहाँले नेपालको लोजिस्टिक सेवा कमजोर रहेकोले सोमा सुधार गर्न र विश्व बजारमा जाँदा आफनो कम्पनीको एकल उत्पादन भन्दा सामुहिक व्यवसायिक हितको निम्ती उदार बन्न पनि निर्यातकहरुलाई आग्रहगर्नुभयो । 


सांसद गणेश पराजुलीले उत्पादनशिल क्षेत्रको ५ प्रतिशतमात्र योगदान रहेको जनाउनुहुँदै निर्यात माथि जोड नदिईदा रेमिटेन्समुखीभएकाले अर्थतन्त्र उकासिन नसकेको जिकिर गर्नुभयो ।


कार्यक्रममा नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्र प्रसाद ढकालले उत्पादनशिल क्षेत्रमा आयातप्रतिस्थापन गर्ने गरि बजेट आउने हो भने विदेशी मुद्रा बढने र आयात निर्यात बीचको असन्तुलनमा कमी आउने उल्लेख गर्नुभयो । 


नेपाल चेम्बर अफकमर्सकाअध्यक्ष राजेन्द्र मल्लले निर्यातकभनेकाविदेशीमुद्राआर्जन गर्ने राष्ट्र शक्तिभएकाके यस क्षेत्रकातमाम समस्याहलगर्न सरकार गम्भिर बन्न जरुरी रहेको औंल्याउनुभयो । 
बार्षिकोत्सवको अवसरमामहासंघले उत्कृष्ट निर्यातकर्ताहरूलाई सम्मान समेत गरेको छ ।

 

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार