• शनिबार ११-१२-२०८०/Saturday 02-24-2024
अर्थ

डिजेल, पेट्रोल र  ग्याँसको मूल्य बढ्यो

काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मुल्य बढाएको छ । निगमले बुधबार मध्यरातिदेखि लागू हुने गरी पेट्रोलियम पदार्थको मुल्य बढाएको हो ।

 

निगमले  पेट्रोल ४ रुपैयाँ र डिजेल तथा मट्टितेलमा २ रुपैयाँ प्रतिलिटरका दरले बढाएको छ । ग्यासमा पनि प्रति सिलिण्डर १५ रुपैयाँ बढाएको निगमले जानकारी दिएको छ।

 

अब पेट्रोल एक लिटको १७० रुपैयाँ, डिजेलको १५८ रुपैयाँ र ग्यास एक सिलिण्डरको १ हजार ९ सय १० रुपैयाँ पर्ने भएको छ । निगमले स्वचालिन मूल्य अनुसार भारतबाट बढेर आउँदा बढाउने र घटेर आउदा घटाउने गरेको छ ।

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार