• शनिबार ११-१२-२०८०/Saturday 02-24-2024
राजनीति

कांग्रेसको आज ७८ औँ स्थापना दिवस,श्रद्धा, सङ्कल्प र सम्मान कार्यक्रम

काठमाडौं । नेपाली कांग्रेसले आज ७८ औँ स्थापना दिवस मनाउँदै छ ।

 

नेपाली राष्ट्रिय कांग्रेसको पहिलो अधिवेशन भएको मिति २००३ माघ १२ लाई आधार मानेर कांग्रेसले हरेक वर्ष माघ १२ गते स्थापना दिवस मनाउँदै आएको छ ।

 

स्थापना दिवसको अवसरमा केन्द्रीय कार्यालयसहित सातै प्रदेश र जिल्लाहरूमा विभिन्न कार्यक्रम गरी स्थापना दिवस मनाउने तयारी रहेको छ ।

 

 केन्द्रीय कार्यालयमा सभापति शेरबहादुर देउवा समेतको उपस्थितिमा दिउँसो २ बजे श्रद्धा, सङ्कल्प र सम्मान कार्यक्रम हुने मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिएका छन ।

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार