• शनिबार ११-१२-२०८०/Saturday 02-24-2024
राजनीति

प्रधानमन्त्रीको सचिवालयबाट १३ जनाको बिदाइ

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको सचिवालयबाट १३ जनालाई बिदाइ गरिएको छ ।

 

प्रधानमन्त्रीको स्वकीय सचिवालयले माघ १ गतेदेखि लागू हुनेगरी १३ जनालाई बिदाइ गरेको हो ।

 

एक स्वकीय उपसचिव, चार स्वकीय सहसचिव, एक स्वकीय शाखा अधिकृत र दुई प्रशासन सहायक रहेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

 

यसैगरी दुई कम्प्युटर सहायक, एक कार्यालय सहायक र दुई सवारी चालक छन् ।

 

प्रधानमन्त्री प्रचण्डले सरकार गठनको एक वर्ष पुगेको अवसरमा १० पुसमा गरेको सम्बोधनमा सरकारको कार्यशैली बदल्ने भन्दै सुधारको काम प्रधानमन्त्री कार्यालयबाटै शुरू गर्ने बताएका थिए । 

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार