• शनिबार ११-१२-२०८०/Saturday 02-24-2024
राजनीति

राष्ट्रिय सभा निर्वाचनका लागि कांग्रेसले टुंग्यायो उम्मेदवार

काठमाडौं । नेपाली कांग्रेसले राष्ट्रिय सभा सदस्यको उम्मेदवार टुंगो लगाएको छ ।

 

पार्टी कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलका अनुसार सर्वसम्मत  उम्मेदवार तय भएको बताए । 

 

आइतवार बसेको पदाधिकारी बैठकले उम्मेदवार तय गरेको हो। कांग्रेसले संस्थापन पक्षका सात र संस्थापन इतरका तीनसहित दश उमेदवार टुंगो लगाएको हो ।

 

कोसी प्रदेशमा कृष्णप्रसाद सिटौला, मधेसमा आनन्द प्रसाद ढुंगाना, वाग्मतीमा विष्णुदेवी पुडासैनी र जितजंग बस्नेतले तय भएका छन्। ।


त्यस्तै गण्डकीमा किरणबाबु श्रेष्ठ र पदमबहादुर परियारलाई उम्मेदवार बनाउने कांग्रेसले निर्णय गरेको छ। लुम्बिनीमा कांग्रेसले विष्णुदेवी सापकोटालाई टिकट दिएको छ । 


कर्णालीमा कृष्णबहादुर रोकाया र सुदूरपश्चिममा नारायणदत्त भट्ट र बलदेव बोहराले टिकट पाएका छन् ।

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार