वाग्लेलाई कालो झोला विशेष सम्मान

काठमाडौं । लामो समय देखि विभिन्न पेशा, क्षेत्रमा अतुलनिय योगदान दिएका व्यक्तिहरु मध्ये पत्रकार कृष्णमुरारी भण्डारी, कलाकार दिपाश्री निरौला, संगीतकार वि.पी वाग्लेका साथै अन्य सञ्चारकर्मी तथा समाजसेवीहरुलाई “कालो झोला विशेष सम्मान २०८०” बाट राजधानीमा आयोजित एक विशेष कार्यक्रममा सम्मानीत गरियो ।
नेपाली कलाकारिता, सामाजिक सेवा, पत्रकारीता, गीत संगीत लगाएतका विविध क्षेत्रमा समाजको लागी उल्लेखनीय योगदान दिने विशिष्ट व्यक्तित्वहरुलाई मैतीदेवी मिडिया द्वारा सञ्चालित कालो झोला डट कम को दोस्रो वार्षिकोत्सवको अवसरमा “कालो झोला विशेष सम्मान २०८०” बाट कार्यक्रमका प्रमुख अतिथि प्रमुख निर्वाचन आयुक्त माननीय दिनेश कुमार थपलिया ज्यु को हातबाट सम्मानीत गरिएको थियो ।
शहिद स्मृति सामुदायिक भवन, मैजुवहाल चावहिल काठमाण्डौँमा आयोजित उक्त कार्यक्रममा सम्मानीत हुनुहुने विशिष्ट व्यक्तित्वहरुमा पत्रकारीता संगसंगै गोरखापत्र राष्ट्रिय दैनिकको अध्यक्ष जस्तो गरिमामय पदीय भूमिका निभाएका वरिष्ठ पत्रकार कृष्णमुरारी भण्डारी, कलाकारीता संगै चलचित्र निर्माणमा सफल भूमिका निभाएकी वरिष्ठ कलाकार दिपाश्री निरौला, गीत संगीतका माध्यमबाट मनोरञ्जनका साथ साथै विशेषगरी बाल मनोविज्ञान, पर्यटन प्रवद्र्धन, शिक्षा, खेलकुद लागायतका क्षेत्रमा योगदान दिएका वरिष्ठ संगीतकार वि.पि. वाग्ले, धार्मिक रेडियो कार्यक्रमको प्रस्तोताको रुपमा सञ्चारको माध्यमबाट नेपाली संस्कृति संरक्षण, सम्वद्र्धन र प्रवद्र्धनमा विशेष योगदान पु्याएका वरिष्ठ सञ्चारकर्मी अत्यूत प्रसाद सुवेदी, वरिष्ठ पत्रकार तथा समाजसेवी विष्णुप्रसाद तिमल्सिना, समाजसेवी शिवराम अर्याल, विरिष्ठ सञ्चारकर्मी दिपेन्द्र प्रजापतिका साथै संस्थागत तर्फ लाइफलाइन हेल्थ होम केयर प्रा.लि. पुल्चोक ललितपुर, सेन्ट लरेन्स कलेज चावहिल रहेका थिए ।
वरिष्ठ सञ्चारकर्मी एवम् चर्चित रेडियो प्रस्तोता हेम सुवेदीले सञ्चालन गरेको उक्त कार्यक्रममा प्रमुख अतिथिको रुपमा निर्वाचन आयोगका प्रमुख आयुक्त माननीय दिनेश कुमार थपलिया, विशेष अतिथि भारद्धाज संस्कृति सम्बद्र्धन केन्द्र नेपालका केन्द्रीय अध्यक्ष ऋषि प्रसाद सुवेदी, बागमती प्रदेश सभा सदस्य माननीय श्रीराम लामिछाने लगाएतका विशिष्ठ व्यक्तित्वहरुको गरिमामय उपस्थिती रहेको थियो । कार्यक्रममा वक्ताको रुपमा बोल्ने क्रममा वरिष्ठ कलाकार तथा चलचित्र निर्देशक दिपाश्री निरौलाले आफुले पाएको सम्मान प्रसादको रुपमा ग्रहण गरेको र विशिष्ठ व्यक्तित्वहरुसंगै सम्मान पाऊँदा खुशिका साथै जिम्मेवारी पनि थपिएको बताइन् ।
कार्यक्रममा प्रमुख अतिथि माननीय दिनेश कुमार थपलियाले यसरी सम्मान गर्दा विभिन्न क्षेत्रमा योगदान दिएका व्यक्तिहरुको लागि थप ऊर्जा मिल्ने र कामको सहि कदर हुने बताए । कार्यक्रमको सभापतित्व मैतिदेवी मिडिया प्रा.लि.का प्रवन्ध निर्देशक सुमन सुवेदीले गरेका थिए भने सम्पूर्ण कार्यक्रमको संयोजन सञ्चारकर्मी मदन कृष्ण सिलवालले गरेका थिए ।
प्रतिकृया दिनुहोस